दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ ।शुक्रवार बिहान सम्मको तथ्यांकअनुसार कुल संक्रमितको संख्या १० हजार ६२ पुगेको हो ।पछिल्ला केहि दीनहहरुमा दैनिक १ सयको हाराहारीमा नयाँ संक्रमितको संख्या थपिदै गएको छ ।सो संख्याअघिल्ला केहि हप्ताको तुलनामा अत्यन्तै कम हो ।धेरैजसो क्वारेन्टाइनमा राखिएका मानिसहरुमा नयाँ संक्रमण देखिएकोले
उक्त संख्या घटेको बताइएको छ ।शुक्रबार मात्र ८६ जना नयाँ संक्रमित थपिएको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । त्यस्तै मृत्यु हुनेको संख्या १७४ पुगेको छ । मृत्युहुनेमा करिब ५० प्रतिशत ८० बर्ष माथिका छन् भने अन्य पनि धेरैजसो कुनै न कुनै रोगले ग्रसित छन् l त्यस्तै ६ हजार २१ जना संक्रमण पछी निको भएर घर फर्किसकेका छन् ।
कोरियामा भाइरसको केन्द्रबिन्दु मानिएको थेगुमा संक्रमितको संख्या ६ हजार ७ सय ३४ पुगेको छ भने उत्तरी ख्यांङ्सान प्रान्तमा सो संख्या १ हजार ३ सय ९ पुगेको छ । राजधानी सियोलमा हाल सम्म ५ सय ६ जना संक्रमित भएका छन् ।हेल्लो नेपाल कोरिया डटकममा किशन गौतमको रिपोर्ट ।