उत्तर कोरियालाई दक्षिणकोरिया बाट अर्बौंको सहयोग

कोरिया समाचार

सोल-दक्षिण कोरियामा जनस्तरबाट सञ्चालित एक सहयोग नियोगले उत्तर कोरियामालाई कोरोना माहामारी रोकथामका लागि अर्बौं रुपैयाँ सहयोग गर्ने भएको छ ।यसका लागि दक्षिण कोरियाली सरकारले सो नियोगलाई अनुमति दिएको छ । उक्त सहयोग नियोगले उत्तर कोरियालाई करिव १०० मिलियन वन बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने छ ।

ह्याण्ड सेनिटाइजर तथा अन्य मेडिकल सामाग्री सहयोगका लागि सरकारले अनुमति दिएको हो ।दक्षिण कोरियाको एकिकरण मन्त्रालयका अनुसार कोरोनाबाट विश्व नै आक्रान्त भएको तथा उत्तर कोरियाले चौतर्फि नाकाबन्दि झेलिरहेको वर्तमान अवस्थामा त्यहाँका नागरिकको स्वास्थ्य रक्षा गर्ने आम मानवीय धारणा अनुरुप दक्षिण

कोरियाले उत्तर कोरियामा ति सामाग्री पठाउन स्विकृति दिएको हो ।सरकारले सहयोग एजेन्सीको नाम र सामाग्री पठाइने मिति नखुलाए तापनि फेस मास्क बाहेकका अन्य सामागीहरु सहयोग स्वरुप पठाइन लागिएको बताएको छ ।मन्त्रालयका अनुसार हाल दक्षिण कोरियाबाट उत्तर कोरियालाई सहयोग गर्ने संस्थाहरुको ठूलो लिस्ट रहेको छ ।

करिव १.२ विलियन वन बरावरको स्वास्थ्य सामाग्री स्थानीय प्रान्तिय सरकारका तर्फबाट पनि पठाउने तयारि भइरहेको तर चुनाव नजिकिदै आएका कारण हाललाई सो योजना भने स्थगित राखिएको तर निकट भविश्यमा नै उत्तरलाई सो सहयोग पठाइने पनि मन्त्रालय श्रोतले जनाएको छ ।यता उत्तर कोरियामा भने दक्षिणको सहयोगलाई लिएर केही नकारात्मक टिप्पणिहरु समेत आएका छन् । केहिले दक्षिण कोरियाले उत्तर कोरियालाई कोरोना संक्रमण युक्त सामाग्री पठाएको आरोप समेत लगाएका छन् तर दक्षिण कोरियाले सो आरोप ठाडो रुपमा खण्डन गरेको छ ।हटपाटिमा प्रकाशित!

Leave a Reply

Your email address will not be published. Required fields are marked *