ट्रम्पले भने ‘मास्क लगाउनु पर्दैन ‘

राष्ट्रिय समाचार

एजेन्सी – आफ्नै सरकारले जारी गरेको आदेशको अवज्ञा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पले आफूले कहिल्यै मास्क नलगाउने बताएका हुन् ।सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै आएको छ ।

शुक्रबारको नियमित प्रेस सम्मेलनमा मास्कबिनै प्रस्तुत भएका उनले आफू मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, डिटेक्टर, राजा, महारानीसँगको भेटमा प्रस्तुत हुने कल्पनासम्म गर्न नसक्ने बताए ।

उनले मास्कका सम्बन्धमा सिडसीले शुक्रबार जारी गरेको सुझाव पनि स्वैच्छिक भएको बताएका छन् ।राष्ट्रपति ट्रम्पले नियमको आफूले पनि उल्लंघन गरेको र अरुलाई पनि उल्लंघन गर्नका लागि प्रेरित गरेको विभिन्न संचारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *