बबिता ओली ।विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले दक्षिण कोरियालाई पनि अछुतो राखेन । जनवरीको अन्तिम साता कोरियामा नगन्य संख्यामा देखिएको भाइरस केही समयपछि भने दिन प्रतिदिन फैलियो ।यो आलेख तयार पार्दासम्म कोरियामा १० हजारको हाराहारीमा कोरोना संक्रमित छन् । त्यस्तै १८३ जनाले ज्यान गुमाइसकेका छन् भने हाल दैनिक जसो ८० भन्दा बढीमा नयाँ संक्रमण देखिएको छ ।
६ हजार ३०० भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । सङ्क्रमण आफैमा दुःखद भएतापनि युरोप र अमेरिकाका साथै मध्यपूर्वका देशहरुको तुलनामा यो तथ्याङ्क भने भयावह होइन । पूर्ण रुपमा देश लकडाउन नै नगरी छोटो समयमा भाइरस नियन्त्रण गर्न दक्षिण कोरिया सफल भएको छ ।
कोरोनाले माहामारीको रुप लिनुभन्दा अघि नै कोरियाली सरकारले आपतकालीन बैठक बसी उच्च सतर्कता अपनाउने नीति तय गरेको थियो । चीनमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले संक्रमित क्षेत्रमा रहेका ३६८ जना आफ्ना नागरिकलाई जनवरीको अन्तिम साता स्वदेश फिर्ता ल्याई विशेष निगरानीमा राखेको थियो । विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस आफ्नो मुलुकमा फैलिन नदिन सरकारले फेव्रुवरीको दोश्रो साताबाट सिंगापुर, जापान, मलेशिया लगायत ६ वटा मुलुकहरु भ्रमण नगर्न आफ्ना नागरिकलाई आदेश दिएको थियो ।
२० जनवरीमा पहिलोपटक एकजना कोरियन नागरिकलाई कोरोना भएको पुष्टि भएसँगै १ महिनामा ३ सयभन्दा बढीमा संक्रमण देखियो । फेव्रुवरीको अन्तिम साताबाट एक्कैपटक ५००/६०० को संख्यामा नयाँ संक्रमित बढ्दै गए ।धेरै संक्रमित हुनेहरुमा कोरियाको थेगु शहरस्थित शिन्छेङ्गी चर्चमा प्रार्थनाका लागि पुगेका कोरियन नागरिकहरु थिए । एकजना संक्रमित महिला त्यस चर्चमा पटक–पटक पुगेको र उनैबाट संक्रमितको संख्या बढेको हुनसक्ने कोरियाली सञ्चार माध्यमले बताएका थिए । ९ हजार ३ सय ३४ जना सदस्य रहेको चर्चमा संक्रमित व्यक्तिहरुको पटकपटकको संलग्नताले पछिल्लो समय भने तिब्र गतिमा संक्रमण फैलियो र सिङ्गो देश नै जोखिममा पर्यो ।
यसरी धेरै संक्रमित हुनेहरुमा कोरियाको थेगु शहरस्थित शिन्छेङ्गी चर्चमा प्रार्थनाका लागि पुगेका कोरियन नागरिकहरु थिए । एकजना संक्रमित महिला त्यस चर्चमा पटक–पटक पुगेको र उनैबाट संक्रमितको संख्या बढेको हुनसक्ने कोरियाली सञ्चार माध्यमले बताएका थिए । ९ हजार ३ सय ३४ जना सदस्य रहेको चर्चमा संक्रमित व्यक्तिहरुको पटकपटकको संलग्नताले पछिल्लो समय भने तिब्र गतिमा संक्रमण फैलियो र सिङ्गो देश नै जोखिममा पर्यो ।
त्यसपछि भने शिन्छेङ्गी चर्च र संक्रमित थेगु सिटी सरकारले केही समय लकडाउन गर्यो । भाइरस फैलिरहेको समयमा पनि विनामास्क चर्चमा भेला गराएको तथा संक्रमितहरुलाई पनि प्रभुले निको बनाइदिने भन्दै अन्धविश्वासका कारण संक्रमण फैलाएको आरोपमा उक्त चर्चका प्रमुख तथा पाष्चरहरुलाई पनि सरकारले कार्वाही गर्यो ।यता, संक्रमितको संख्या वृद्धि भएसँगै मास्कको अभाव देखिएकोले सरकारले मास्क कम्पनीहरुलाई उत्पादनमा वृद्धि गर्न आग्रह गर्यो । बजारमा मास्क अभाव हुन नदिन हप्ताको २ ओटा मास्क (आफ्नो जन्म वर्षको अन्तिम अंक अनुसार) नजिकको औषधी पसल, हुलाक कार्यालय र मार्ट लगायतका ठाउँहरुबाट प्रभावकारी ढंगले वितरण गर्ने नीति अक्तियार गर्यो । सबैको मोवाइलमा इमर्जेन्सी अलर्टको व्यवस्था गर्यो । जसबाट के सजिलो भयो भने, जोकसैलाई भाइरसको लक्षण देखिएमा नजिकको परामर्श केन्द्रमा जान तथा आफ्नो एरिया वरिपरिको अपडेटको जानकारी दिने सिस्टमको व्यवस्था गर्यो ।
संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको अवस्थामा भने संक्रमित क्षेत्रमा २ हप्ताको लागि सरकारी कार्यालय, स्कूल, विश्वविद्दयालय बन्द गरियो तर प्राइभेट कम्पनी तथा धेरैजसो संघसंस्था भने सुचारु नै भए । अत्यावश्यक काम बाहेक मानिसहरु घरबाहिर निस्किएनन् । काममा जानैपर्नेहरु भने सुरक्षित भएर मात्र निस्किए ।त्यस्तै, मुख्य कुरा विश्वभर कोरोना टेष्टिङ किटको अभाव भइरहँदा पनि कोरियामा भने त्यो अभाव देखिएन, बरु किट उत्पादनमा वृद्धि गरियो र प्रतिदिन १ लाखमाथि किट उत्पादन गर्यो । हाल कोरियामा उत्पादित किट विश्वका १७ मुलुकहरुमा निर्यात गर्ने सरकारको तयारी रहेको छ ।कोरिया विभाजनपछि द्रुत गतिमा आर्थिक र भौतिक विकास गर्न सफल दक्षिण कोरिया कोरोना नियन्त्रण गर्न पनि छिटै नै सफल भयो । हरेक काम गर्दा जहिले पनि ‘पाल्लि–पाल्लि’ अर्थात नेपालीमा ‘छिटो–छिटो’ काम गर्ने भन्ने उक्त भनाइलाई यो विषम परिस्थितिमा पनि दक्षिण कोरियाले प्रमाणित गरेको देखिन्छ । यसरी छोटो समय मै कोरोना भाइरस नियन्त्रण गर्न कसरी सफल भयो त कोरिया ? यस्ता छन्, मुख्य कारणहरु –
१. विश्वस्तरीय उपचार पद्दतिः कोरियामा जो कोहीलाई कोरोनाको लक्षण शंका भएमा १३३९ नम्वरमा फोन गरेरआफ्नो परिचय खुल्ने विवरण दिनुपर्ने हुन्छ । त्यसपछि आफू रहेको जिल्लाको स्वास्थ्य केन्द्रबाट नजिकको अस्पतालमा जान निर्देशन आउँछ । बिरामी सामान्य अवस्थामा भए कुनै पनि सार्वजनिक साधन प्रयोग नगरी अस्पताल आउन जान आग्रह गरिन्छ भने जटिल अवस्थामा सोही अस्पतालले एम्वुलेन्सको व्यवस्था गरेको हुन्छ । डाक्टर नर्सहरु तथा स्वास्थ्यकर्मीहरु अलग्गै पर्सनल प्रोटेक्टिभ ड्रेशमा रहेका हुन्छन् । उनीहरुलाई बिरामीले २ हप्तादेखिको विवरण दिनुपर्ने हुन्छ । सम्पूर्ण सुविधा सहित सानो आइसोलेसन कोठामा बिरामीलाई राखिन्छ र आवश्यक उपकरणहरु त्यही कोठामा लगी चेकजाँच गरिन्छ । यदि रिपोर्ट पोजेटिभ देखिएमा आफुसँग सम्वन्धित सबैलाई तुरुन्त खबर गरी जाँच गरिन्छ भने रिपोर्ट नेगेटिभ आएमा पनि औषधी सेवन गर्दै केही दिन सेल्फ आइसोलेसनमा बस्न सुझाव दिइन्छ । कोरियामा अहिले कोरोना लागे नलागेको किटमार्फत ३ घन्टामा नै थाहा हुन्छ ।
२. नागरिकमा सचेतनाः कोरियाका मानिसहरु स्वास्थ्यका बारेमा सचेत छन् । नियमहरु पूर्णरुपमा पालना गर्दछन्, अवज्ञा गर्दैनन् । व्यक्तिगत सरसफाइमा निकै ध्यान दिन्छन् । सञ्चार माध्यममा कोरोनाबाट सुरक्षित रहन बारम्बार सूचना प्रवाह भएसगैँ नागरिकहरुले त्यसको पालना गरे । कोरोनाको प्रभाव केही कृषि तथा निर्माण कम्पनीहरुमा पनि पर्यो । कम्पनीहरुमा काम गर्दा श्रमिकहरुले सावधानी अपनाए, अपनाउन भनियो । प्रतिदिन संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको अवस्थामा भने संक्रमित क्षेत्रमा २ हप्ताको लागि सरकारी कार्यालय, स्कूल, विश्वविद्दयालय बन्द गरियो तर प्राइभेट कम्पनी तथा धेरैजसो संघसंस्था भने सुचारु नै भए । अत्यावश्यक काम बाहेक मानिसहरु घरबाहिर निस्किएनन् । काममा जानैपर्नेहरु भने सुरक्षित भएर मात्र निस्किए ।
३. निःशुल्क चेकजाँचको सुविधाः सरकारले कोरोना बिरामीको लागि निःशुल्क चेकजाँचको सुबिधा मिलायो । जसबाट मानिसहरुलाई राहत पनि मिल्यो भने रोक लुकाएर बस्ने पनि भएनन् । कोरोनाको शंका लागेमा एम्वुलेन्सदेखि उपचार र पछि निको भएर सेल्फ आइसोलेसनमा बस्न घर फर्किदासम्मको सुविधा निःशुल्क गर्ने व्यवस्था गर्यो । सेल्फ आइसोलेसनमा बस्दा यदि बिरामी घरमा एक्लो अवस्थामा भए सरकारले नै घरमै खानाखाजाको व्यवस्था गरिदिने गरेको छ ।
४. विमानस्थलमा कडा चेकजाँचः कोरोना नियन्त्रणको लागि कोरियाले देश लकडाउन गरेन । स्वदेशी तथा विदेशी नागरिकलाई आफ्नो देश आवतजावतमा अहिलेसम्म रोक लगाएको छैन । विमानस्थलमा उत्रिने हरेक यात्रुको कडाइका साथ स्वास्थ्य परीक्षण गर्नेगर्छ र शंका लागेमा तुरुन्त अस्पताल पठाउँछ । अन्य देशबाट आउने प्रत्येक यात्रुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन राख्ने व्यवस्था मिलाएको छ । सरकारको नियम उल्लंघन गर्ने जो कोही विदेशी यात्रुलाई बिमानस्थलबाटै स्वदेश फिर्ता गर्ने तथा स्वदेशीलाई हदैसम्मको कार्वाही गरिने नियम पनि बनाएको छ ।
लकडाउन मात्र कोरोना बिरुद्धको संघर्ष नभएर भाइरस नियन्त्रणमा आमजनतामा सचेतना, कडा सरकारी नियम र नियमन तथा उच्चतम प्रविधि पनि हुनु जरुरी छ। विश्वका धेरै विकसित मुलुकहरुले भाइरस नियन्त्रणको लागि समय पाएनन् तर, नेपालसँग अझै प्रयाप्त समय छ।
५. ट्रेसव्याक सिस्टमः सरकारले भाइरस फैलनासाथ ब्यक्तिको लोकेसन र वास्तविक समय पत्ता लगाउने मोबाइल एप निर्माण गरेको छ, जसबाट संक्रमित व्यक्त्ति कुन समयमा कता हिड्डुल गर्यो र कसको सम्पर्कमा आयो भन्ने जानकारी सजिलै लिन सकिन्छ । मानिसहरु बढी जमघट हुने सार्वजनिक स्थल, ट्रेन स्टेशन तथा लामो दूरीका बस स्टेशनहरुमा सरकारले थर्मल क्यामेरा जडान गरेको छ। अझ, विमानस्थलमा उत्रिने हरेक यात्रुले अनिवार्य रुपमा कोरोनासम्वन्धी एप डाउनलोड गर्नुपर्दछ । व्यक्तिले आफू सेल्फ क्वारेन्टाइनमा बस्ने स्थानको विवरण विमानस्थलमै बुझाउनुपर्छ । विमानस्थलबाट बाहिरिए पश्चात उ कहाँ छ, के गर्दैछ हरेक गतिविधि मोबाइल एपमार्फत ट्रयाक हुँदै जान्छ , यदि उसले पालना गर्नुपर्ने १४ दिने क्वारेन्टाइनको नियमभन्दा फरक गतिबिधि गरेको पाइएमा बढीमा १० देखि १५ मिनेटभित्रै उ पक्राउ पर्दछ । उक्त १४ दिनको अबधिमा उसले तोकिएको नियम भन्दा अलिकति पनि फरक गतिबिधि गर्न पाउदैन ।
हाल नेपालमा ९ जनामा संक्रमण देखिएको छ भने १ जना निको भएर घर फर्किएको तथ्याङ्कले बताउँछ । विश्वका २०५ भन्दा बढी मुलुकमा फैलिसकेको यो माहामारीबाट बच्न नेपालले पनि कोरियाबाट सिक्नुपर्ने धेरै कुरा छन् । पूरै देश लकडाउन त छ तर लकडाउन मात्र कोरोना बिरुद्धको संघर्ष नभएर भाइरस नियन्त्रणमा आमजनतामा सचेतना, कडा सरकारी नियम र नियमन तथा उच्चतम प्रविधि पनि हुनु जरुरी छ। विश्वका धेरै विकसित मुलुकहरुले भाइरस नियन्त्रणको लागि समय पाएनन् तर, नेपालसँग अझै प्रयाप्त समय छ।स्मरण रहोस्, हाल विश्वभर १२ लाख १५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६५ हजार बढीले ज्यान गुमाइसकेका छन् ।नागरिक दैनिक बाट