ट्रेन तथा बस चढ्दा
ट्रेन तथा बस चढ्दा सँधै लाइनमा बसेर पर्खने गर्नुहोस । कोरियनहरु ट्रेन तथा बस चढ्दा लाइन लागेर पालैपालो चढ्छन् । त्यसो त ओर्लने बेलामा पनि पालैपालो ओर्लनुपर्दछ । ट्रेन तथा बसमा सवार हुँदा मोवाइल फोन मा चर्को स्वरमा नबोल्नुहोस । ट्रेन तथा बसमा वृद्धवृद्धा तथा असक्तहरुको लागि बेग्लै सीटको व्यवस्था हुन्छ । सकेसम्म खाली नै भए पनि उक्त सीटमा नबस्नुहोला । ट्रेन चढ्दा फोन आएको खण्डमा फोन उठायनी चर्को स्वरमा वरिपरी हुनेहरुलाई डिस्ट्रब नहुनेगरी सानो स्वरमा बोल्नुहोस । साथै ट्रेन तथा बसमा हामी नेपालीहरु २/४ जना भयौँभने ट्रेन/बस नै आफ्नो जसरी चर्कै स्वरमा कुराकानी तथा बहस गर्छौं त्यसो नगर्नुहोस । त्यसैगरी भीडभाडमा महिलाहरुको नजिकै उभिंदा निकै सतर्क रहनुपर्दछ । केही गरी झुक्किएर महिलाहरुको संवेदनशील अंगहरुमा छुन पुगियो भने र उक्त महिलाले उजुरी गरेको खण्डमा तपाइँ समस्यामा पर्न सक्नुहुन्छ । सदैव सचेत रहनुहोला ।
कुनैकुरा नबुझिकन ‘ने’ नभन्नुहोला
कोरियन भाषामा ‘ने’ भनेको हो, हजुर, बुझेँ अथवा अंग्रेजीमा ‘ओके’ भन्ने अर्थ हुन्छ । कसैले केही कुरा सोधेको खण्डमा तपाइँले त्यसको अर्थ पूर्ण रुपमा नबुझेरै ‘ने’ नभन्नुहोला । कुराकानीकै क्रममा नबुझेरै ‘ने’ भनेर समस्यामा परेको घटनाहरु पनि निकै छन् । प्रश्न गर्दा प्रश्नकर्ताले सकारात्मक अथवा नकरात्मक उत्तर आउने प्रश्न गरेको हुन सक्छ । जस्तैः कुनै काम तपाइँले गर्नुभएको होइन र उसले नकरात्मक उत्तर आउने तरिकाले प्रश्न गरेको छ भने त्यसमा तपाइँले ‘आनियो’ भन्नु पर्नेमा ‘ने’ हुन गयो भने त्यो तपाइँद्वारा नै भएको भन्ने अर्थ लाग्न सक्छ । त्यसैगरी काम गर्ने कम्पनिमा एकजना भाईको भोलिपल्ट विदा थियो तर उसको डिपार्टको फान्जाङले कामदार अभावमा उसलाई अनुरोध गरेर नेईल ईल हाल्सु ईस्स ? भनेर सोधिएको प्रश्नमा उसले कुरा नै नबुझि ‘ने’ भनेर भोलिपल्ट काममा नगएकोले आउँछु भनेर पनि किन नआएको भनेर सोधनी भएको थियो । त्यसमा भाइले मेरो त विदा हो नि त सँधै भनेर भन्दा किन आउँछस् भनेर सोध्दा ‘ने’ भनेको त ? भनेर गाली गरेको जस्ता घटनाहरु पनि कुरा नबुझेरै ‘ने’ भनेको कारण भएको थियो । साथै कुरा नबुझी ‘ने’ भन्दा कम्पनिहरुमा ठुलाठुला द्रुघटना पनि घटन गएका थुप्रै उदाहरण हरु सुन्न पाईन्छ । त्यसैले कुरा नबुझेरै ‘ने’ नभन्नुहोस् ।
समयको ख्याल राख्नुस
कुनै पनि कार्यक्रम गर्दा होस् अथवा कतै कसैसँग भेटने कार्यक्रममा होस् । कहिल्यै पनि नेपालीहरुले समयमा नै शुरु गरेको र समयमा नै पुगेको कमै हुन्छ । नेपाल र नेपालीहरुसँग घुलमिल भएका कोरियनहरुले पनि समयमा नै कार्यक्रम शुरु भएन भने ‘नेपाली टाइम हो है’ भनेर व्यङ्ग्य गर्ने गर्दछन् । कसैसँग भेटने योजना बनाउनुभएको वा भेट्नका लागि (याकसोक) समय लिनुभएको छ भने छ भने तपाइँ कम्तीमा पनि ५ मिनेट भन्दा अगाडि नै पुग्ने गर्नुहोला । यसो गर्दा समयको पालना त भैहाल्छ नै, समय पालनाको महत्व पनि महशुष हुँदैजान्छ ।
स्केलेटर चढदा ध्यान दिनुस्
कोरियामा ट्रेन स्टेशन, ठूलाठूला सपिङ्ग सेन्टरहरुमा स्केलेटर हुन्छन् । त्यसमा चढेर माथि तल गर्दा जहिले पनि तपाइँ देब्रे साइडमा उभिएर अगाडि जान चाहनेहरुको लागि दाहिने साइडमा स्पेश राखेर उभिनुहोस् । ठाउँ अनुसार कोरियाकै कुनै ठाउँहरुमा दाहिनेतिर उभिएर र अगाडि जान चाहनेहरुको लागि देव्रेतिर स्पेश राख्ने पनि हुन्छन् । तर जे होस् अगाडि चढेका व्यक्तिहरुले के कसो गरेका छन् त्यसलाई हेरेर पनि तपाइँले आफूले सोही अनुसार गर्न सक्नुहुनेछ ।
नियमानुसार फोहोर व्यवस्थापन
कोरियामा फोहर व्यवस्थापनलाई निकै नै व्यवस्थित तरिकाले गर्ने गरिन्छ । फोहोरमैला व्यवस्थापन पक्षलाई सजिलो हुने गरी यहाँका नागरिकहरुले पनि सोही अनुसार फोहरको प्रकृति अनुसार छुट्याएर फाल्ने गर्दछन् । कतिपय ठाउँहरुमा त तोकिएको प्लाष्टिकमा पोका पारेर फाल्नुपर्ने नियम पनि छ । प्रायगरी कुहिने फोहोर, जल्ने फोहोरः कागज तथा प्लाष्टिक, नजल्ने फोहोरः फलाम, टिन तथा बोतलहरु भिन्नभिन्न बारमा फाल्नुपर्ने हुन्छ । कोरिया आएर बसोबास गर्न थाल्नुभएको छ भने आफूबसेको क्षेत्रमा कुन फोहर कुन दिनमा र कसरी फाल्ने गरिएको छ हेर्नुहोस् । विशेषगरी फोहर फाल्ने ठाउँमा पनि सूचनाहरु टाँसीयको हुन्छ ।
अनिवार्य अभिवादन
चिनेको मान्छेसँग अवश्य, नचिनेको व्यक्तिहरुलाई पनि तपाइँले अभिवादन गर्ने गर्नाले तपाइँलाई घाटा भन्ने हुँदैन । कोरियामा बिहान,दिउसो बेलुका अभिवादन गर्ने शब्द एउटै हुन्छ, त्यो हो ‘आन्यङ्गहासेयो ‘ साथै धन्यबाद भन्नुपर्दा ‘खोमाप्सुम्निदा’ या ‘खाम्साहाम्नीदा’ भनेर अभिवादन गर्ने गरिन्छ । गुरुदत्त न्यौपानेको रिपोर्ट