काठमाडौँ-कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइसियुमा भर्ना भएका छन् ।मेडिकल टिमको सुझाव अनुसार प्रधानमन्त्रीलाई आइसीयुमा राखिएको स्ट्रिगंका प्रवक्ताले जानकारी दिए ।बेलायतकी रानीलाई प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिइँदै आइरहेको छ। सोमबार दिँउसो आइसियुमा राख्नुअघि प्रधानमन्त्रीलाई अक्सिजन पनि दिइएको थियो।
यद्यपी प्रधानमन्त्रीलाई भेन्टिलेटर भने प्रयोग गरिएको छैन।बेलायतको एसटी थोमस अस्पतालमा उनलाई राखिएको छ। ५५ वर्षीय प्रधानमन्त्री आइतबार साझ अस्पतालमा भर्ना भएका थिए ।नियमित जाँचका लागि २७ मार्चमा अस्पताल गएका प्रधानमन्त्री जोनसनलाई कोरोनाको संक्रमण पाेजेटिभ देखिएको थियो।
कोरिया प्रवेश गर्ने विदेशी नागरिकलाई कडाई गरिदै ,क्वारेन्टाईन मा नवस्नेलाई ३ बर्ष जेल र २० लाख वोन जरिवाना हुने !
दक्षिण कोरियाको न्याय मन्त्रालयले कोरोना भाईरस महामारी नियन्त्रण प्रयास स्वरुप पहिलोपटक विदेशी नागरिकको आवागमन गतिविधी को दायरा सिमित गर्ने प्रशासनिक आदेश लागु गरेको छ।विदेशबाट आयातित संभावित संङ्क्रमण बाट बच्नको लागी गत वुधबार देखी कोरिया प्रवेश गर्ने सम्पुर्ण विदेशी नागरिकलाई कडाईका साथ सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने बाध्यात्मक नियम लागु गरेको हो।
दक्षिण कोरियाको न्याय मन्त्रालयले कोरिया प्रवेश गर्ने विदेशी नागरिकको दुईहप्ता गर्ने कृयाकलापलाई पुर्ण निगरानीमा राख्ने गरी प्रवेश दिएको जनाएको छ।जसमा अनिवार्य सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने,सामाजिक दुरी कायम गर्नुपर्ने,दैनिक सेल्फ डाईग्नोसिस रिपोर्ट पठाउनुपर्ने,मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने जस्ता नियमहरु कडाईका साथ पालना गर्नुपर्ने नियममा उल्लेख छ।
उल्लेखित नियम लागु पश्चात कोरिया प्रवेश गरेका विदेशी नागरिकले नियम उल्लङ्घन गरेको पाईएमा बढिमा ३ बर्ष जेल र २० लाख कोरियन वोन दण्ड हुने जनाईएको छ।विदेशबाट सङ्क्रमण बोकेर आएर कोरियामा सेल्फ आईसोलेसन मा नवस्ने,मास्क नलगाई बाहिर घुम्ने जस्ता कृयाकलाप ले समुदायमा सङ्क्रमण फैलने सम्भावना देखिएपछी यस्तो कडा नियम ल्याईएको न्याय मन्त्रालयले जनाएको छ।
गत बुधबारदेखी अन्तरास्ट्रिय उडान भरेर कोरिया छिरेका सम्पुर्णलाई अनिवार्य सेल्फ आईसोलेसन मा बस्नुपर्ने नियम लागु भएको हो।उक्त नियम उल्लङ्घन गर्नेलाई स्वदेश डिपोर्ट गरिनेपनी नियममा उल्लेख छ।