सरकारले समयमै कदम चालेकोले सबैको जीवन जोगिएको छ –प्रधानमन्त्री ओली

राष्ट्रिय समाचार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब केही दिन धैर्यता गर्ने साहस सबैले राख्नुपनर्ने उनले बताए । ओलीले संक्रमण फैलन नदिन सरकार प्रतिवद्ध रहेको भन्दै सामाजिक दुरी कायम गर्नु नै उपयुक्त हतियार भएको बताए । अहिले मानवजातिलाई नै चुनौती दिनेगरी चुनौती आईपरेकोले संकटबाट जुध्न प्रतिपक्ष

र सत्ता पक्ष वा अरु पक्षा लिएर जुध्ने समय नभएकोले अरु काम अवस्था सामन्य भएपछि गरौँला अहिले सबै मिलेर संकटसँग जुधौँ भने । उनले सर्वपक्षीय एकता सहरानीय भएको र यस्तो एकता पछिसम्म राख्नुपर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *