सोल-कोरियामा कोरोना संक्रमण दर बढिरहेको छ । यस सँगसँगै कोरियाली सरकारले कसरी जनतालाई कम भन्दा कम दुःख दिएर दैनिकी सञ्चालन गर्ने भन्ने बारेमा पनि निरन्तर कदमहरु चालिरहेको छ ।हाल कोरियाली सरकारले विदेशबाट आउने सबैलाई कोरोना परिक्षण तथा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने नियम बनाएको छ ।
प्राय जसो कोरिया प्रवेश गर्नेहरुले सरकारको सो नियम मानिरहेका छन् तर केहीले भने सो नियम मानिरहेका छैनन् ।सरकारको सो निर्देशन अटेर गर्नेहरुलाई भनेर करिव ८ हजार अमेरिकी डलर जरिवाना तथा १ बर्ष कैदको कानुनी व्यवस्था समेत गरेको छ ।सरकारको सो निर्देशनलाई पालना नगरि कतिपय कोरियाली नागरिकहरु
हालसम्म पनि क्वारेन्टाइनमा बस्न नमानेको वर्तमान परिस्थितिमा कोरियाली सरकारले उनीहरुलाई ट्राकिङ गर्न विद्युतीय हाते ब्याण्डहरुको प्रयोग गर्ने भएको छ ।हालसम्म ७५ जनाले आइसोलेशन तथा क्वारेन्टाइन सम्बन्धी नियम तोडेको पाइएका कारण सरकारले थप कडाई गर्न उक्त विद्युतीय हाते व्याण्डको प्रयोग गर्ने भएको हो । सरकारी अधिकारीका अनुसार उक्त ब्याण्डलाई मोवाइल एपमा कनेक्ट गरेर निगारानी गरिने छ ।हटपाटीबाट