सोल– दक्षिण कोरियामा कोरोना संक्रमितलाई प्लाज्मा उपचार पद्धति मार्फत सफल उपचार गरिएको छ । कोरोना संक्रमित २ जनाको सफल उपचार गरिएको यहाँको सेभरान्स अस्पतालले जनाएको छ ।कोरोना संक्रमण उपचारमा भ्याक्सिनको प्रयोग नगरि विरामीहरुलाई सञ्चो बनाइएको यो पहिलो घटना भएको अस्पताल श्रोतले मंगलवार बताएको छ ।
कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार ७१ बर्षीय एक पुरुष तथा ६७ बर्षीया महिला उपचार पश्चात घर फर्किएका हुन् ।उनीहरुमा अन्य विरामीहरुलाई भन्दा फरक पद्धति अपनाएर प्लाज्माको उपचारमा प्रयोग गरिएको उपचार पद्धति प्रयोग गरेर निको बनाएर घर पठाइएको अस्पताल श्रोतले जनाएको हो ।
करिव १२ घण्टामा ५०० मिलि प्लाज्मा स्वस्थ व्यक्तिबाट लिएर कोरोना संक्रमितहरुमा प्रत्यारोपण गरिएको थियो ।सुरुमा ज्वरो मात्र आएका ती मानिसहरुमा पछि फोक्सोमा निमोनिया देखिएको थियो तर प्लाज्मा उपचार पश्चात उनीहरु विलकुल स्वस्थ भएको पनि अस्पताल श्रोतले बताएको छ । Hotpati