एजेन्सी – जापानमा १ महिनाको आपतकाल घोषणा गरिएको छ । कोरोना भाइरसबाट प्रभावित सात वटा प्रान्तमा एक महिने लामो आपत्काल घोषणा गरिएको त्यहाँका संचारमाध्यमले जनाएका छन् । राजधानी टोकियोसहितका प्रान्तमा घोषणा गरिएको आपत्काल आउँदो मे महिनाको ७ तारिखसम्म लागु हुनेछ । मङ्गलबार जापानका प्रधानमन्त्री शिन्जो अबेले आपत्कालको घोषणा गरेका हुन् ।
जापानमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म मृतकको संख्या ९३ जना पुगेको छ । संक्रमण फैलन नदिन सरकारले आपतकालको घोषणा गरेको हो ।