क्वारेन्टाईन नियम उल्लङ्घन गर्ने ईन्डोनेशियन नागरिकलाई कोरियाले देश निकाला गर्यो !

कोरिया समाचार

गुरुदत्त न्यौपाने / सउल वैदेशिक उडानबाट कोरिया आएका एक ईन्डोनेशियन नागरिकलाई सेल्फ क्वारेन्टाईन नियम उल्लङ्घन गरेको आरोपमा दक्षिण कोरिया सरकारले बुधबार देश निकाला गरेको छ।गत शनिबार ईन्डोनेशियाबाट दक्षिण कोरिया आएका ४० बर्षिय ईन्डोनेशियन नागरिक कोरियन सरकारले लागु गरेको अनिवार्य दुईहप्ते सेल्फ क्वारेन्टाईन बस्नुपर्ने नियमलाई

वेवास्था गरेको साथै क्वारेन्टाईनमा बस्ने ठेगाना गलत बताएको कारण उनलाई बुधबार स्वदेश फिर्ता पठाएको हो।उनले अध्यागमन बिभागमा आफु क्वारेन्टाईन बस्ने स्थलको ठेगाना आनसान बताएपनी उनलाई हातमा बाधेको ईलेक्ट्रोनिक हाते ब्यान्ड र क्वारेन्टाईन एप्स मार्फत ट्रयाक गर्दा उनी सउलबाट २३४ किलोमिटर टाढा

गिम्छन सहरमा देखिएकोले उनलाई पक्राउ गरिएको थियो।गत शनिवार देखी २ हप्ता उनले दर्ता गरेको ठेगानामा बस्नुपर्नेमा उनलाई सउलबाट टाढा बाहिर जथाभावी हिँडेको देखेपछी उनलाई ट्र्याक गरिएको थियो।बुधबार उनलाई उनको आफ्नै देश फिर्ता गरिएको न्याय मन्त्रालयको सुचनामा उल्लेख छ।

त्यसैगरी भियतनामी एक जोडीलाई पनी कोरिया सरकारले सेल्फ आईसोलेसन नियम उल्लङ्घन गरेको कारण स्वदेश फिर्ता गर्न लागेको छ।सउल को ठेगानामा क्वारेन्टाईनमा बस्नुपर्ने उनीहरु सउलदेखी ४४९ किलोमिटर टाढा किम्हे सहरमा ट्र्याक गरिएको थियो।कोरियामा अवैधानिक काम गर्दै आईरहेका उनीहरु सउलको क्वारेन्टाईन स्थल छोडेर भागेका थिय।कोरिया सरकारले उनीहरुलाई स्वदेश फिर्ता गर्ने तयारी गरेतापनी बुधबार देखीनै कोरिया सरकारले आफ्नो देशलाई यात्रा प्रतिबन्ध लगाएका मुलुकहरुलाई कोरियाले पनी प्रतिबन्ध लगाएको कारण उनीहरुलाई स्वदेश फिर्ता गर्न समस्या भएको बताएको छ।

गतहप्ता ताईवानी महिलालाई सरकारले गरेको क्वारेन्टाईन प्रवन्ध मा बस्दा दैनिक लाग्ने खर्च (१ लाख कोरियन वोन) तिर्न असहमती जनाएसंगै उनलाई एयरपोर्टबाटै स्वदेश फिर्ता पठाईएको छ।दक्षिण कोरियामा देखिएका १०,३८४ सङ्क्रमित मध्य ठुलो सङ्ख्यामा आयातित संङ्क्रमित देखिएपछी कोरिया सरकारले कडा नियम लागु गरेको छ।अप्रिल १ तारिखदेखी अन्तरास्ट्रिय उडान भरेर आउने स्वदेशी तथा विदेशी नागरिक अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने बाध्यात्मक नियम लागु गरेसंगै यसको उल्लङ्घन गर्नेलाई पनी कडा सजाय गर्न लागेको हो।सरकारले लागु गरेको क्वारेन्टाईन नियम नमान्नेलाई १० लाख कोरियन वोन (८१८६$ ) सहित १ बर्ष जेल र कोरिया भिषा अनन्तकाल सम्मको लागी रद्द गर्ने जनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *