कोरियामा कोरोना भाइरस संक्रमितको संख्या न्यून, पछिल्लो २४ घण्टामा जम्मा ३९ नयाँ संक्रमित

कोरिया समाचार

दक्षिण कोरियाले कोरोना भाइरस संक्रमितको संख्या सात साता यताकै न्यून भएको रिपोर्ट सार्वजनिक गरेको छ।आफ्नो मुलुकमा पछिल्लो २४ घण्टामा जम्मा ३९ नयाँ संक्रमित देखिएको र देखिएकामध्ये २३ जना विदेशबाट आएकाहरू रहेको दक्षिण कोरियाले जनाएको छ।हालसम्म त्यहाँ १०,४३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। फरवरीयता यति कम संख्यामा कोरोना संक्रमित भेटिएको यो पहिलोपटक हो।

त्यहाँ फरवरी २९ मा संक्रमण आफ्नो चरम बिन्दुमा पुगेको थियो। सो दिन ९०९ जना नयाँ संक्रमित भेटिएका थिए।दक्षिण कोरियाले कोरोनाको महामारी रोक्न आक्रमक ट्रेसिङ र परिक्षणको रणनीति प्रयोग गरेको छ।
संसारभरका कयौं देश लकडाउन गएको भएपनि कोरिया लकडाउनमा गएको छैन।

लकडाउनमा नगएपनि त्यहाँका स्वास्थ्य अधिकारीहरुले अप्रिल १९ सम्म सामाजिक दुरी कायम राख्न आग्रह गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *