सउलमा पहिलोपटक कोरोना संक्रमितको मृ’त्यु

कोरिया समाचार

सोल-दक्षिण कोरियाको राजधानी शहर सोलमा कोरोना संक्रमणका कारण प्रथम पटक एक व्यक्तिले ज्या’न गुमाएका छन् ।कोरियामा कोरोना संक्रमणका कारण अन्य क्षेत्रमा २०० भन्दा बढीले ज्या’न गुमाइसकेका भएता पनि राजधानीमा भने यो पहिलो घटना हो । कोरोना संक्रमणको ७८ दिन पश्चात सोलमा एकको ज्या’न गएको हो ।केही समय अघि एक कल सेन्टरमा

भएको संक्रमणमा संक्रमित १६६ जना मध्ये कै एक जनाका श्रीमान ४४ बर्षिय ती व्यक्तिको कोरोना संक्रमणका कारण ज्या’न गएको हो ।कोरोना संक्रमणका कारण ज्या’न गुमाएका ति व्यक्ति फोक्सोको क्यान्सर रोगी समेत रहेका थिए । राजधानी सोलको योन्से युनिभर्सिटी सिभियरेन्स अस्पतालमा गत

मार्च १९ तारिखबाट उपचार गराइरहेका उनको गत मंगलवार मृ’त्यु भएको हो ।मृ’तककी श्रीमती एक कल सेन्टरमा काम गर्थिन । उनका २ सन्तान रहेका र एक श्रीमान थिए । सिङ्गो परिवारमा नै कोरोना संक्रमण देखिएता पनि उनी तथा उनकी छोरा भने उपचार पश्चात घर फर्कि सकेका छन् भने छोरी अझै पनि अस्पतालमा उपचाररत छन् ।hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *