कोरोना बिरुद्दको संघर्षको लागि दक्षिण कोरियाका नेपालीले नेपाललाई ४ हजार उपकरण (कोरोना टेष्टिङ किट्) पठाएका छन्।कोरोना भाइरसवाट विश्व त्रसित भइरहेको अवश्थामा केही दिन यता नेपालमा पनि यसको संक्रमण देखा पर्यो तर दक्षिण कोरियामा रहेका नेपालीहरुले नेपालमा संक्रमण देखा पर्नु पूर्व नै संभावित कोरोना परिक्षणको लागि “एक व्यक्ति, एक हेल्थ किट् अभियान” शुरु गरेका थिए।
गैर आवासीय नेपाली संघ– NRNA दक्षिण कोरियाको संयोजन तथा स्वतन्त्र अभियान्ताहरुको सहकार्यमा अभियान शुरु गरिएको थियो। अभियान शुरु गरेको ४ दिनमै १४ करोड २६ लाख ३७ हजार ७७९ वोन अर्थात ने.रु. १ करोड ४० लाख ७९ हजार ७७५ संकलन भएको थियो।मातृभूमिमा परेको यो विपतको घडीमा सहभागी
भई प्रति व्यक्ति २०,००० वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एन.आर.एन.ए उपाध्यक्ष यदु लामिछानेले आग्रह गरेका थिए। कोरियामा उत्पादित किटले कोरोना लागे नलागेको केवल ३ घण्टा मै रिजल्ट दिन्छ। किटको लागि कोरियामा रहेको सम्बन्धित कम्पनी सँग सम्झौता भए लगत्तै खरिद गर्न नेपालीहरु सक्रिय भएर लागि परेका थिए। नेपाल सरकारलाई कोरोना बिरुद्दको संघर्षमा सहयोग पुर्याउने केही थान सामाग्री औपचारिक रुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदुत महामहिम रामसिंह थापालाई हिजो हस्तान्तरण गरिएको हो।
अभियानवाट संकलित रकम मध्ये अहिले पहिलो चरणमा कोरियाको सेजोन कम्पनीको ४० कोभिड -१९ detection kits जसबाट ४ हजार टेस्ट गर्न सकिन्छ साथमा टेस्ट को लागी चाहिने(extraction kit ) किट चार हजार र ५ सय थान HIGH SENSITIVE COVID KITS HPPE SETS कोरियावाट कोरियन एअरलाईनसको बिशेष चाटर्ड बिमान मार्फत आज दिउँसो ३:३० बजे नेपाल पुग्ने भएको छ । त्यस्तै, दोश्रो चरणमा अन्य अत्यावश्यक सामाग्री तथा उपकरण पठाउने तयारी रहेको पनि
एन. आर.एन.ए महासचिव विमल सुबेदीले जानकारी दिए। दोस्रो चरणको सहयोग चिनबाट नेपाल जाने सामाग्री नेपाल सरकारबाट हुने चाटर्ड विमानको अभावमा ग्वाङझाउ स्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाईने बताइएको छ।अभियान समाप्त भएको केही दिनमै उपकरण नेपाल पठाउने भनिएता पनि नेपाल-कोरिया हवाइ मार्ग वन्द भएको कारण केही समय ढिलो भएको हो।हेल्लो नेपाल कोरिया डटकममा बबिता ओलिको रिपोर्ट