कोरियाको कोरोना ईपीसेन्टर थेगुमा ५२ दिन पश्चात शुन्य संक्रमण

कोरिया समाचार

सोल-दक्षिण कोरियामा कोरोना संक्रमणको केन्द्रविन्दु भनेर चिनिने थेगु प्रान्तबाट खुसिको खबर आएको छ ।शुक्रवार कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले दिएको जानकारी अनुसार विगत २४ घण्टामा थेगुमा एक जनामा पनि कोरोना संक्रमण पाइएको छैन ।त्यस्तै कोरियामा पहिलो पटक ५२ दिन पछि संक्रमण संख्या ३० भन्दा कम पाइएको छ ।

विगत ५ दिन यता कोरियामा संक्रमणका विरामीहरु ५० भन्दा कम पाइदै आएका थिए भने विहिवार मात्र २७ जना नयाँ कोरोना संक्रमित विरामीहरु पाइएका छन् । यस सँगै कोरियामा कोरोना संक्रमण का विरामीहरुको संख्या १०,४५० पुगेको छ ।त्यसै गरि कोरियामा हाल सम्म कोरोना संक्रमणका कारण २०८ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरियामा कोरोना संक्रमित मध्ये करिव ७० प्रतिशत अर्थात ६,९७३ जना उपचार पश्चात घर फर्किसकेका छन् ।केन्द्रका अनुसार कोरियामा कोरोना संक्रमण नियन्त्रण नजिक आइसकेता पनि ढुक्क भएर बस्ने स्थिति भने आइसकेको छैन ।हाल पनि कोरियाले कोरोना भाइरसको संक्रमण परिक्षण तिब्र रुपमा गरिरहेको तथा नाका तथा विमानस्थलमा कडाई गरिरहेको कारण संक्रमण फैलिने सम्भावना कम रहेको पनि केन्द्रले जनाएको छ । Hotpati

Leave a Reply

Your email address will not be published.