उत्तर कोरियाको ‘भुतिया होटल’ जहाँ केही पनि जाँदैनन्

कोरिया समाचार

कस्तो अचम्मको शिर्शक ? होटल अनि मानिसहरु नजाने । तपाइ पनि षिर्षक पढेर यहि सोच्ना थाल्नुभयो होला । तर यो वास्तविक हो ।उत्तर कोरियामा एक होटल छ जसमा आजसम्म कोहि पनि नागरिक गएर खाएका अनि बसेका छैनन् । अब तपाइ सोच्न थाल्नु भयो की यो होटल पक्कै पनि तानाशाही शाशक किम जोङ उनको हो । तर होइन । यो एक सामान्य होटल हो ।

आउनुस् सो होटल बारे केही रोचक तथ्य जानौँ ।उत्तर कोरियामा एउटा यस्तो होटल रहेको छ, जहाँ अहिलेसम्म कुनै ग्राहक बसेका छैनन् । राजधानी प्याङयोङमा अवस्थित पिरामिड आकारको यो गगबनचुम्बी १ सय ५ तले भवन हो, रुयुगयोङ । सो होटल होटल यू–क्युङ नामले परिचित छ । ३३० मिटर अग्लो कुल १ सय ५ तले भवनमा

अहिलेसम्म कोही बसेको छैन । बाहिरबाट शानदार रहे पनि यो होटल ‘भुतिया होटल’ले परिचित छ ।केही समय पहिले अमेरिकी म्यागजिन स्क्वायरले होटललाई ‘मानव इतिहासकै सबैभन्दा खराब भवन’ भन्ने दर्जा दिएको थियो ।यस होटल ५ सय ७० मिलियन डलर खर्च भएको छ । यो रकम कुल उत्तर कोरियाको कुल ग्रार्हस्थ उत्पादनको दुई प्रतिशत थियो । तर पनि यो होटल आजसम्म सञ्चालनमा आउन सकेको छैन ।

यस होटललाई विश्वकै अग्लो होटल बनाउने तयारी गरिएको छ तर यसले अहिले बेग्लै पहिचान बनाएको छ । सबैभन्दा अग्लो बिरानो भवनको रूपमा यसले गिनिज बुकमा नामसमेत दर्ज गराउन सफल बनेको छ । भवनको निर्माण लामो समयदेखि सुरु भई रोकिंदै फेरि सुरु हुँदै निर्माण सम्पन्न भएको थियो ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *