दक्षिण कोरियामा कोरोना निको भएका मानिसलाई पुनःसंक्रमण

कोरिया समाचार

दक्षिण कोरियामा उपचारपछि निको भएका ९१ जना व्यक्तिलाई फेरी कोरोनाको संक्रमण भएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक ज्योङ इयुन क्योङले पूर्ण लक्षण देखिनु अगाडि नै भाइरस सक्रिय भएकाले निको भएका मानिसमा फेरि संक्रमण देखिएको हुनसक्ने बताउनुभयो । यद्यपी यस विषयमा अनुसन्धान भइरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

निको भइसकेका व्यक्तिमा पुनःसंक्रमण अन्तराष्ट्रिय चासोको विषय बनिरहेको छ । धेरै देशहरुमा निको भइसकेका व्यक्तिमा पनि पुन संक्रमण भइरहेको छ । कोरियामा करिब ७ हजार संक्रमित निको भएका छन् । मुख्य केन्द्रबिन्दु रहेको थेंगुमा शुक्रबार संक्रमण शुन्य देखियो भने देशभर ५० दिन यताकै न्यून संक्रमण देखियो ।

शुक्रबार कोरियामा २७ जना नयाँ व्यक्तिमा संक्रमण देखिएको कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरियमा हालसम्म १० हजार ४ सय ५० जनामा संक्रमणको पुष्टि हुनुका साथै २ सय ५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *