सोल-दक्षिण कोरियाको निर्वाचन आयोगले आफ्नो मतदानको अधिकार प्रयोग गर्न सबै जनतालाई अनुरोध गरेको छ । सो दिन कोरोना संक्रमणका कारण सेल्फ क्वारेन्टाइनमा बसेका हरुले पनि निश्चित प्रकृया पूरा गरेर भोट हाल्न पाउने पनि आयोगले जनाएको छ । १५ अप्रिलमा हुन गइरहेको संसदको निर्वाचनमा कोरोना संक्रमण नफैलियोस भनेर सरकारले विभिन्न सावधानीहरु अपनाइरहेको छ ।
सोही अन्तरगत, सरकारले अनिवार्य सेल्फ क्वारेन्टाइनमा बसेका कोरियाली नागरिकहरुका लागि निश्चित समय छुट्याएर मतदान गर्न लगाउने तयारी आयोगले गरेको छ । आयोगका अनुसार मतदान सक्किने बेला अर्थात बेलुका ६ बजेको समयमा उनीहरुलाई मतदान गर्न लगाउने तयारी भइरहेको छ ।
त्यसो गर्दा भीडभाड कम हुने तथा संक्रमण रोक्न सघाउ पुग्ने आयोगको ठम्याइ रहेको छ । राष्ट्रिय निर्वाचन आयोगले क्वारेन्टाइनमा बसेका हरुका लागि छुट्टै बुथको व्यवस्था गर्ने तथा मतदान स्थलमा जाने जो कोहीको पनि ज्वरो परिक्षण गर्ने र ज्वरो भेटिए उनीहरुलाई छुट्टै बुथमा भोट हाल्न लगाइने छ साथै ति व्यक्तिहरुलाई सेल्फ क्वारेन्टाइनमा पठाइने छ ।हटपाटीबाट