सोल- दक्षिण कोरियाको स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना संक्रमणको उपचारपछि घर फर्केका ९० जना भन्दा बढीमा पुन संक्रमण भएको छ । कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार उपचारपछि घर फर्केका मध्ये हालसम्म ९१ जनामा पुन संक्रमण देखिएको हो । कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका निर्देशक इयुन क्योनका अनुसार उपचार
पश्चात घर फर्केका मानिसहरु पनि चिकित्सकको पूर्ण निगारानीमा रहेका छन् । उनीहरुको अन्य नागरिकको जस्तै स्वाब संकलन गरि नमुना परिक्षण गरिइरहेको छ । सो क्रममा संक्रमण पाइएको खण्डमा उनीहरुलाई पूनः आइसोलेशनमा राखेर उपचार गरिने गरिएको छ । भाइरल रोग विशेशज्ञ स्वास्थ्य अधिकारीहरुका अनुसार
यसरि उपचार पश्चात घर पठाइएकाहरुमा पुन संक्रमण हुनुमा उनीहरुमा भएको एण्टिबडी तत्व तथा रोग प्रतिरोधात्मक क्षमतामा भर पर्दछ । स्वास्थ्य अधिकारीहरुले उनीहरुको परीक्षणमा कुनै कमि नगरेको बताउदै कहिले काहीँ भाइरस पून जागृत हुने गरेको समेत औल्याएका छन् । हाल कोरियामा कोरोना संक्रमण प्रतिदिन ३० जना भन्दा कममा झरेको बताउदै केन्द्रले सबै नागरिकले आफ्नो दायित्व बोध गरे कोरियामा सो रोग विरुद्ध विजय पाउन खासै कठीन नरहेको पनि उनीहरुले बताएका छन् । हटपाटी