कोरोनाबाट त्रसित विश्वलाई आशा बाँड्दै दक्षिण कोरिया

कोरिया समाचार

सिओल । नोभेल कोरोना भाइरसको संक्रमणबाट ग्रसित बनेको विश्वलाई दक्षिण कोरियाले नयाँ आशा प्रदान गरेको छ । दक्षिण कोरियामा अहिले रहेका संक्रमितभन्दा बढी मानिसहरु उपचारपछि सञ्‍चो भएको तथ्यांक सार्वजनिक गरेको छ ।दक्षिण कोरियामा आज बिहान २७ जना कोरोना संक्रमित फेला परेका छन् । हालसम्म दक्षिण कोरियामा १० हजार ५६४ जना कोरोना संक्रमित पुगेका छन् ।

जसमध्ये सात हजार ५३४ जना कोरोना संक्रमितलाई भने उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।यस महामारीलाई नियन्त्रणमा लिन सफल भएकोमा विश्‍व समुदायले प्रशंसा गरेको छ । दक्षिण कोरियाले अन्य संक्रमितसँग सम्पर्कमा रहेकाहरुलाई खोजी गर्ने कामलाई तीव्रता दिएको छ ।

दक्षिण कोरियाले ठूलो संख्यामा मानिसहरुको परीक्षण र संक्रमणको लक्षण देखिएकाहरुलाई आइसोलेसनमा राखेको थियो । जसका कारण कोरोना संक्रमित चाँडै पत्ता लागेको, थप संक्रमण फैलिने जोखिम कम हुनुका साथै प्रविधिको उच्च प्रयोगले कोरोना संक्रमण नियन्त्रणमा लिइएको जनाइएको छ।

तर, कोरोना संक्रमणलाई नियन्त्रणमा लिएका एसियाली मुलुकहरु दक्षिण कोरिया, चीन र सिंगापुरमा भने बाहिरबाट स्वदेश फर्किएकाहरुमा कोरोना संक्रमण हुने दर बढ्दा जोखिम थपिनेसमेत चिन्ता व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *