इलाम– लकडाउनले रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई इलामेली समाज दक्षिण कोरियाले राहत वितरण गरेको छ ।समाजले इलाममा ७६ घरपरिवारलाई राहत वितरण गरेको हो । समाजले इलाम नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई १९ सय केजी चामलसहित दैनिक उपभोग्य बस्तु वितरण गरेको
समाजका अध्यक्ष केदार निरौलाले जानकारी दिए । ७६ घरपरिवारलाई प्रति परिवार जिरा मंसुली चामल २५ केजी, नुन १ केजी र १ लिटर खाने तेल उपलब्ध गराएको इलामेली समाज दक्षिण कोरियाका प्रथम अध्यक्ष हरि खनालले बताए । यसभन्दा पहिले राहात नपाएकालाई जिल्ला प्रशासन, नगरपालिका, स्थानीय जनप्रतिनिधिलगायतको
समन्वयमा राहात वितरण गरिएको खनालले बताए ।राहात वितरणमा समाजसेवी सुरेन्द्र राई, दिनेश काफ्ले, राजेन्द्र बराल, संदिपा खनाल, लीला खतिवडालगायतले स्वयसेवी भूमिका खेलेका थिए ।नगरपालिकाका ४ वडाका विपन्न नागरिकहरुलाई करिब १ लाख २० हजार रुपैंया बराबरको राहात बाँडिएको र आगामी दिनमा सुर्योदय नगरपालिकामा वितरण गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष निरौलाले बताए ।
कोरोनाको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि रोजगारीका क्रममा कोरियामा रहेका समाजका सचिव उपेन्द्र निरौला, कोषाध्यक्ष सुदिप फागो वरिष्ठ उपाध्यक्ष पवित्रा थेवे सदस्य कुवेर न्यौपानेलगायतको सक्रियतामा आर्थिक संकलन गरिएको थियो ।सन् २०१४ मा दक्षिण कोरियामा स्थापना भएको इलामेली समाजले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । समाजले प्राकृतिक प्रकोपमा परेकालाई राहत तथा गम्भीर प्रकृतिका रोगीको उपचार गर्न आर्थिक सहयोग गर्दै आएको छ ।