सोल-कोरोना माहामारीका कारण विश्व बजार ठप्प भएको छ । यसको असर विश्वका अनेकौँ क्षेत्रमा परिरहेको छ । यसको प्रत्यक्ष प्रभाव दक्षिण कोरियाको रोजगार केन्द्रमा पनि परेको छ । दक्षिण कोरियाली तथ्यांक विभागका अनुसार कोरियामा मार्च महिना सम्ममा १ लाख ९५ हजार रोजगारका अवसरहरु गुमेका छन् जुन सन् २००९ पछिकै ठूलो दर हो ।
तथ्यांकका अनुसार सन् २००९ मा सो संख्या २ लाख ४० हजार पुगेको थियो । बेरोजगारी दर ०.१ प्रतिशतले मात्र घटेको देखिए तापनि रोजगार मानिसहरुको संख्या भने करिव २ करोड ६६ लाखमा झरेको तथ्यांक विभागको तथ्यांकमा बताइएको छ । कोरोना भाइरस संक्रमणकै कारण करिव ४,२०,००० आंशिक जागीरेहरुको
रोजगार गुमेको पनि तथ्यांकमा भनिएको छ । मानिसहरुसँग प्रत्यक्ष सम्पर्कमा जानपर्ने किसिमका जागिरमा ठूलो गिरावट आएको बताउदै कोरोना संक्रमणका कारण खाद्यान्न बाहेकका अन्य क्षेत्रमा नराम्रो असर परेको रोजगारदाता कम्पनीहरुले बताएका छन् यता कोरियाका अर्थ मन्त्री होङ नाम कीले सरोकारवालाहरु सँग एक बैठक आयोजना गरेर कोरियाको रोजगार व्यवसायलाई थप धरासायी हुन नदिने बताएका छन् ।हटपाटी