दक्षिण कोरीया जो चीनपछि कोरोनाको सबै भन्दा बढी जोखिमका रुपमा लिईएको थियो । मानिसहरुलाई लागेको थियो कोरीयामा ठूलो महामारी र विनाश आउन सक्थ्यो ।तर उसले कोरोनामाथि यसरी नियन्त्रण गर्यो कि यो पुरै विश्वलाई नयाँ शबक बनेको छ । उसको मोडलमाथि अहिले बहस भईरहेको छ । अचम्म त के भयो भने पहिलो संक्रमण देखिए देखि नै दक्षिण कोरीयाले न लक डाउन गर्यो न त बजार बन्द नै ।
दश मिनेटमा जाँच, एक घण्टामा रिपोर्ट
द. कोरियाका बिदेश मन्त्री कांग युगं वाले तुरुन्तै परीक्षण र गुणस्तरीय उपचारका कारण कोरोनाको संक्रमण घटेको र मृत्यु पनि कम भएको बताए । हामीले ६ सय भन्दा धेरै परीक्षण केन्द्र खोलेका छौं, ५० भन्दा बढी ड्राईभिगं स्टेसनमा स्क्रीनिगं गरिएको र रिमोट टेम्परेचर स्क्यानर र घाटीको समस्याको परीक्षण यी सबैमा केवल १० मिनेट मात्रै लाग्छ । त्यस पछि सै रिपोर्ट एक घण्टामा आउने मिलाईयो । हामीले हरेक ठाँएमा पारदर्शी फोनबुथलाई परीक्षण केन्द्रमा बदल्यौं । यसले धेरै राम्रो भयो । मन्त्री वागंले भने ।
हरेक ठाँउमा थर्मल ईमेजिगं क्यामरा
कोरीयामा संक्रमण परीक्षण गर्नका लागि सरकारले ठूलो भवनहरु, होटल,पार्किगं,सार्वजनिक स्थलहरुमा थर्मल ईमेजिगं क्यामरा लगायो । जसले ज्वरो आएको व्यक्तिको तुरुन्तै पहिचान गर्न सजिलो भयो । रेष्टुरेन्टले पनि ज्वरो नापेर मात्रै ग्राहकहरुलाई भित्र छिर्न दियो ।
हात प्रयोग गर्ने नँया तरीका
द. कोरियाका विषेशज्ञहरुले हात प्रयोग गर्ने नयाँ तरीका सिकाए । यदी मानिसहरु दाँया हातले काम गरीरहेका छन् भने मोबाईल चलाउने,ढोकाको ह्याण्डल समात्ने र छोटा छोटा काममा बाँया हात प्रयोग गर्न सल्लाह दिए । यसै गरी बायाँ हातले धेरै काम गर्नेहरुलाई दायाँ हात प्रयोग गर्न सल्लाह दिईयो । यस्तो किन गरियो भने जुन मान्छै दैनिक कामहरु जुन हातले बढी काम गर्छन् त्यही हात अक्सर अनुहारमा जान्छ । यो तरीका र विधि सामाजिक सञ्जालमा निकै भाईरल बनेको थियो ।
टेस्टिंग किट देीनक एक लाख उत्पादन
जनवरीमा पहिलो संक्रमण पुष्टी भए पछि सबै भन्दा पहिला औषधी कम्पनीहरुसगँ मिलेर टेष्टिगं किट बनाईयो । दुई सातामै जब संक्रमणको संख्या बढ्यो हरेक क्षेत्रमा टेष्टिगं किट उपलव्ध गरीयो । आज दक्षिण कोरीयाले दैनिक एक लाख टेष्टिगं किट उत्पादन गरीरहेको छ । अहिले १७ देशमा दक्षिण कोरीयाले यसको निर्यात गरीरहेको छ ।
न बजार बन्द, न मान्छेमा प्रतिवन्ध
कोरोना संक्रमण शुरु भए पछि पनि दक्षिण कोरीयाले बजार एकै दिन बन्द गरेन, मान्छेलाई हिडडुल गर्न छेकेन । बरु सबै क्षेत्रमा परीक्षणको व्यवस्था गर्यो । मल,पसल, कम्लेक्स,सिनेमा, रेष्टुरेन्ट आदि कुनै पनि क्षेत्रमा कहिल्यै प्रतिवन्ध लगाएन उसले । मान्छेलाई भेला हिड्न कतै प्रतिवन्ध गरिएन । सन् २००५ मा मर्स भाईरस नियन्त्रण गर्दा अपनाएको सुरक्षाप्रणाली नै दक्षिण कोरीयाले अपनायो । अहिले कोरोना उसको काबुमा छ । मृत्यु कम छ , विरामीहरु घटिरहेका छन् । जनताको जीवन चलिरहेकै छ ।