सोल – दक्षिण कोरियामा हालै घटेकोयौ’न दुराचार सम्बन्धी प्रकरणका नाईके भनेर चिनिने १८ बर्षका खाङ हुनको तस्विर सार्वजनिक गरिएको छ । कोरियामा यसरि बाल यौ’न दुराचारीको तस्बिर सार्बजनिक गरिएको पहिलो पटक हो । उनी सँगै सहभागी भएका अर्का षडयन्त्रकारी छो जु विनलाई सार्वजनिक गर्ने क्रममा उनको अनुहार समेत देखिने तस्विर सार्वजनिक गरिएको हो ।
उक्त कार्यक्रममा उनले आफूले गरेको गल्तिको प्रायश्चित गरेको पनि बताएका छन् । पत्रकार तथा प्रहरीको घेरा विच रहेका उनले क्यामेराबाट आफुलाई लुकाउन चाहेका थिए । पत्रकारका प्रश्नहरुको केही जवाफ नदिएका उनलाई जिल्ला न्यायाधिशको कार्यालय पठाईएको थियो । कोरियाली प्रहरीका अनुसार चो थर भएका
एक कोरियाली नागरिकले डाक्टर उपनाम दिएर यौ’नजन्य सामाग्री उत्पादन तथा सेयर गर्ने , सोही भिडियो देखाएर ब्ल्याकमेल गर्ने लगायतका काम गरेको पाईएकाले उनलाई गिरफ्तार गरे पश्चात अन्यलाई पनि गिरफ्तार गरिएको हो ।प्रहरीका अनुसार हाल सो ग्रुपमा २ लाख ६० जना जना सकृय सदस्यहरु रहेका छन् । प्रहरीका अनुसार चोले १०० भन्दा बढी त्यस्ता ग्रुपहरु सञ्चालन गरेको पाइएको छ ।
उनले ग्रुपको सदस्यता लिन दुई लाख देखि १५ लाख वनसम्म लिने गरेको पाइएको छ । हाल उक्त एपको व्यापक विरोध भइरहेको र प्रहरी समक्ष व्यापक गुनासाहरु आइरहेको प्रहरीले बताएको छ । महिला अधिकार कर्मीहरुले उक्त घटनाका दोषीहरुलाई कुनै हालतमा मुक्ति दिन नहुने भन्दै निरन्तर खबरदार गरिरहेको पनि कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् । हटपाटी