कोरोनालाई जितेर घर फर्किइन् प्रसिद्धि

राष्ट्रिय समाचार

काठमाडौं-कोरोना संक्रमण भएर शहिद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा उपचाररत प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी छिन् । उनी अस्पतालमा २७ दिन बसेर निको भएर घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिए । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनको भनाई छ । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् । नेपालमा अहिलेसम्म ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *