अब देखी कोरियाका चर्चहरुमा सामुहिक भेला गर्न पाइने

कोरिया समाचार

सोल– लामो समयवाट कोरोना भाइरसको संक्रमणबाट गुज्रिएको दक्षिण कोरियाले अब आफ्ना नागरिकहरुको जनजिवनलाई सामान्य तर्फ उन्मुख गर्ने तयारी गर्न थालेको छ । यसको पहिलो उदाहरण उसले आफ्ना चर्चका गतिविधिहरु शुरु गर्नु । हालै कोरियाली सरकारले चर्चहरुमा निश्चित सावधानी अपनाएर सामुहिक कार्य गर्न अनुमति दिए सँगै राजधानी

सोलमा रहेको मियोङडोङ क्याथर्डल चर्चमा करिव १५० जना भेला भएर सामुहिक प्रार्थना गरेको कोरियाली सञ्चार माध्यमले जनाएका छन् । फेब्रुअरी २६ तारिखमा सरकारले सामुहिक जमघटमा प्रतिवन्ध लगाए यता यो नै पहिलो सामुहिक भेला भएको पनि समाचारमा जनाइएको छ । यो सँगै राजधानस् सोलका करिव २३२ वटा चर्चहरुले

आफ्ना सामुहिक गतिविधिहरु सञ्चालन गर्न थालेका छन् । सरकारी अधिकारीहरुका अनुसार सरकारले तोकेका निश्चित मापदण्ड पुरा गरेर उनीहरुले सो चर्च खोल्न सक्दछन् । चर्च प्रवेश पूर्व तापक्रम जाँच्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने जस्ता मापदण्ड पुरा गरेर मात्र सामुहिक कार्यमा सहभागी हुन पाइने अधिकारीहरुले बताएका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *