सोल– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन हाल कोरियाली तथा अमेरिकी समाचार प्रसारकहरुको समाचारको हेडलाइन बनिरहेका छन् ।किम आफ्ना हजुरबुबाको जन्मजयन्तीमा अनुपस्थित रहनु, विगत लामो समयबाट कुनै सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुनु, बहिनीलाई थप शक्तिशाली बनाउनु आदी क्रियाकलापहरुले किम माथि कुनै न कुनै प्रकारको
असहजता रहेको प्रस्टै थाहा हुन्छ ।यता अमेरिकी समाचार संस्था सिएनएनले गत साता किमबारे प्रकाशित गरेको समाचारले सिङ्गो विश्व तताइरहेको छ । मुटुको जटिल शल्यक्रिया पश्चात किमको स्वास्थ्यमा गम्भिर समस्या आइपरेको सो समाचारमा बताइसकिएको छ । भारतीय सञ्चार माध्यमहरुले भने उनको
मस्तिस्क घात भएको समाचार प्रकाशित प्रसारित गरिरहेका छन् ।यसै वीच चीनले उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन एक चिकित्सकिय टोली उत्तर कोरिया पठाएको छ। समाचार संस्था रोयटर्सले किमको परिस्थितिका बारेमा जानकार रहेका तीन व्यक्तिका अनुसार भन्दै लेखेको समाचारमा चीनले स्वास्थ्य टोली पठाएको जनाइएको छ।
यसैगरी रोयटर्सले चीनले चिकित्सकिय टोली त्यता पठाउनुले किमको स्वास्थ्यका बारेमा के संकेत गर्छ भन्नमा निश्चिन्त हुन नसकेको जनाएको छ। परिचय लुकाइएका आफ्ना दुई श्रोतले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय सम्बन्ध हेर्ने विभागका वरिष्ठ नेताको नेतृत्वमा सो टोली बिहिवार त्यता गएको जनाइएको छ।हटपाटीबाट