नेपाली कामदार कोरिया जान लकडाउनले केही असर गर्दैन – नेपाल सरकार

कोरिया समाचार

ईपिस प्रणालीबाट कोरिया जान अनुमति दिने सरकारको निर्णय।लकडाउनको अवधिमा सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई कोरीया पठाउने भएको छ।

तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया… More जान भने रोक नलगाएको सरकारले जनाएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले प्रेसलाई जानकारी गराएको हो।

रोस्टर अवधी सकीन लागेपछी २०१७ उतिर्णहरु चिन्तित, अवधी बढाउन पहल गरिदिन सरकारसँग गरे यस्तो आग्रह:

कोरिया नाम सुन्ने बित्तिकै जान लालायित हुने देश मध्येको एक नाम हो । महिनाको लाखौं कमाइने तथा बिकासले छलाङ मारेको कोरिया जान भनी बर्षेनी झन्डै ९० हजार हाराहारिमा युवाहरुले आवेदन दिएका हुन्छन।
कोटा कम र कडा प्रतिस्पर्धाले थोरैको मात्र कोरियाका लागि नाम निस्किन्छ। नाम निस्किए पनि कोरिया जाने ढुक्क भने हुँदैन । आकर्षक गन्तब्य मानिने कोरिया भाषा परिक्षा यो बर्ष भने केही पछी धकेलिने भएको छ। विश्वमा कोरोनाले महामारिको रुप लिएपछी नेपाल समेत यसको चपेटामा परी लकडाउन गरिएको हुँदा परिक्षा मिती अन्योलमा पर्न गएको हो ।

यही कोरोनाको असरका कारण कोरिया प्रकिया असहजताले सन २०१७ मा उत्तिर्ण भएकाहरुको रोस्टर अवधी यही अप्रिलबाट सकिदैछ।त्यसैले कडा मेहनतले मात्र उतिर्ण सम्भव हुने ति हजारौ युवाहरु अहिले चिन्तित छन।३ बर्ष कुर्दा पनि कोरिया जाने मेसो नदेखिएपछी उनिहरु आफ्नो उर्जाशिल समय कोरिया भनेर नष्ट गरे जस्तो महशुश गर्न वाध्य छन । उनिहरु भन्छन कोरिया जाने भनेर समय र पैसा खर्च गरियो, जान नपाएपछी सबै बर्बाद हुने भयो ।कोरोना महामारि र नेपालको लकडाउनका कारण कोरिया जाने प्रकिया ढिलाई भएकोले आफ्नो समयावधि त्यतिकै खेर जादा अहिले रोस्टरबाट नाम नै हट्ने स्थितीमा पुगेकोले चिन्तित रहेको पीडित समयोजक रोशन राई कोरिया नेपाल अनलाइन खबरलाई बताउछन ।

यो बर्ष हुने भाषा परिक्षा अनिश्चित भएकोले नयाँ भाषा परिक्षा गराउन भन्दा पुरानाको मिती थप गरी कोरिया पठाउन पहल गरिदिन पीडितहरुले माग गरिरहेका छन।साथै उत्तिर्ण भए पस्चात ति उतिर्ण पठाइ सकेपछी मात्र नयाँ उतिर्ण भएका पठाउने पारीपाटी शुरु गर्नुपर्ने उनिहरुको माग छ।हामी बर्बाद हुने भयौ सरकार,हाम्रो रोस्टरको अवधी बढाउन पहल गरिदेउ भनेर पीडितहरु अहिले हार गुहार गरिरहेका छन ।भाषा परिक्षा पास हुँदैमा कोरिया जाने रोजगारीको ग्यारेंटी होइन भनेर पहिले नै इपिएस शाखाले भनिदिएको भए हुन्छ।तर पीडितहरु यो भनेर शाखा पछी हट्न नहुने जिकिर गर्छ्न । “हाम्रो आवाज़को बेवास्ता गरियो भने हामी आन्दोलन गर्न बाध्य हुनेछौ त्यसैले समयमै हाम्रो मॉग सम्बोधन गर्न पहल गरियोस”-सन २०१७ पासर पीड़ित सबैकुरा एचआरडीको मुताबिक हुनु हुँदैन नेपालले पनि आफ्नो नागरिकको सहजता हेरि पहल गर्नुपर्ने इपिएसको आवश्यकता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *