महिनौंको बन्दपछि बेइजिङ र सांघाइका विद्यालय खुले

अन्तराष्ट्रिय खबर

बेइजिङ– कोरोना भाइरसको उद्गम देश चीनको सांघाई र बेइजिङ शहरका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् ।कोरोना भाइरसको महामारीका कारण महिनौँको बन्दपछि सोमबार पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेका समाचारमा जनाइएको छ ।कोरोना भाइरसको महामारीका कारण

यी शहरका विद्यालयहरु पनि बन्द गरिएको थियो । बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरु बन्द गरिएको थियो ।चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो । यही लकडाउनका कारण यहाँका अरु कार्यालहरुका साथै विद्यालय तथा विश्वविद्यालयहरु पनि बन्द गरिएको थियो ।

तर अहिले पनि त्यहाँ यसको संक्रमणको उच्च सतर्कता अपनाइएको छ । यही उच्च सतर्कताका साथ चीनमा व्यावसाय तथा कार्यालयहरु विस्तारै खुला गर्न थालिएको छ ।यसैअनुसार आज सोमबारदेखि चीनका प्रमुख यी दुई शहर बेइजिङ र सांघाइमा पनि विद्यालय खुला गरिएको समाचारमा जनाइएको छ ।चीनको वुहान शहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई बढी प्रभाव पारेको थियो ।

यस संक्रमणबाट चीनमा ४ हजार भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ । चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आउन थालेपछि अब यहाँको जनजीवन विस्तारै सामान्यतर्फ फर्किएको यहाँका सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *