कोरियामा औधोगिक उत्पादन घट्यो , ठुला कम्पनिहरु द्वारा ब्यापक रोजगार कटौती

कोरिया समाचार

किशन गौतम /सउल,विश्वव्यापी रुपामा फैलिएको कोरोना भाइरसका कारण कोरियाका कम्पनीहरुबाट उत्पादित सामानको निर्यातमा कमि आएको छ । ब्याक्तिगत प्रयोग तथा बैदेशिक निर्यातमा कमि आएसंगै औधोगिक उत्पादन गत मार्चमा ४.४ प्रतिशतले घटेको एक सरकारी तथ्यांकले देखाएको छ ।उक्त तथ्यांकअनुसार कोरियामा कम्पनि उत्पादन सन् दुइ हजार

देखि यताकै सबैभन्दा कम हो ।यसरि उत्पादन कमि आउनुमा कोभिड-१९ का कारण ब्यावासायिक विश्वासनियता (business confidence) भनिएको छ ।बिसेष गरि सर्भिस कम्पनिहरुमा व्यावसायिक ह्रास अतिनै बढेको तथ्यांक छ ।सामाजिक दुरीका कारण पर्यटकीय तथा मनोरन्जनात्मक

व्यावसायहरुमा अतिनै मन्दी छाएको बताइएको छ ।यसैबीच ५ सय भन्दा बढी ठुला व्यावसायिक कम्पनीहरुले २ माहिनाको अबधिमा १० हजार भन्दा धेरै रोजगार कटौती गरेका छन् ।यसको मुख्य कारण निर्यात भन्दा उत्पादन बढी देखाइएको छ ।फोटो योंहाप न्युज एजेन्सी ,हेल्लो नेपाल कोरिया डटकमको रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *