दक्षिण कोरियाले युएईको मरुभुमीमा फलायो धान

कोरिया समाचार

सोल-दक्षिण कोरियाको राज्य नियन्त्रित कृषि अध्ययनका अनुसार त्यहाँको ग्रामीण विकास प्रशासनले संयुक्त अरव इमिरेट्सको मरुभुमिमा धानको सफल उत्पादन गरेको बताएको छ । गत बुधवार पत्रकार सम्मेलन आयोजना गरि सो बारे जानकारी दिइएको हो । संयुक्त अरव इमिरेट्स स्थित सारजाहमा रहेको मरुभुमिको करिव १८९० बर्ग किलोमिटर क्षेत्रफलमा

सन् २०१९ को नोभेम्बरमा धान वाली लगाइएको थियो । सो धान बाली आगामी मे महिनाको ५ तारिख पश्चात काटेर अन्न भित्र्याउनका लागि तयारि भएको अधिकारीले बताएका छन् । दुई देशीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सन् २०१८ मा सो क्षेत्रमा धान बाली लगाउने सम्झौता भएको थियो ।

गत नोभेम्बर २५ मा रोपिएको धान बाली अप्रिलको २४ तारिखसम्म आइपुग्दा आशाको सञ्चार लिएर आएको अधिकारीले बताएका छन् । उनीहरुका अनुसार १००० बर्ग मिटर क्षेत्रफलमा करिव ७९० किलोग्राम धान फल्ने उनीहरुको अनुमान रहेको छ । सो मरुभुमीमा कोरियाले सन् २०१३ मा विकास गरेको आसेमी प्रजातिको धान बाली लगाइएको छ । जापोनिका जस्तै यो धानबाली जापान, कोरिया तथा चीनमा बढी प्रयोग गरिन्छ । सो धानको चामल पाकेपछि टाँसिने खालको हुने पनि उनीहरुले बताएका छन् ।

यो धान वाली काट्ने वित्तिकै अर्को पटक पनि धान रोप्ने कोरियाली अधिकारीले बताएका छन् । यो नयाँ परीक्षण हो की सो धान एक वर्षमा २ पटक फलाउन सकिन्छ की सकिदैन भन्ने बारे भन्दै उक्त अध्ययनका अधिकारीले सो धान फल्ने समय कोरिया तथा युएईमा लगभग बराबर अर्थात १६० दिन नै भएको पनि बताएका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *