सु’साईट नोटमा कम्पनीका साथी, कोरियन साहु लगायतलाई धन्यबाद दिदै कोरियामा एक नेपालीले गरे आ’त्मह’त्या

कोरिया समाचार

रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका एक नेपालीले आ’त्मह’त्या गरेका छन् । ख्याङ्गीदोको गिम्पो सि मा काम गर्ने ३३ बर्षीय पूर्ण थापाले शनिवार दिउँसो आ’त्मह’त्या गरेका हुन् । नेपालको स्थायी घर पोखरा भएका उनी सिएनसी कम्पनीमा कार्यरत थिए । लामो समय देखि डि’प्रेशन भएको कम्पनीमा कार्यरत नेपालीले बताएका छन् ।
शनिबार दिउँसोको खाना खाएर आराम गर्न भन्दै कोठामा गएका थिए ।

कम्पनीको सिसिटिभीमा दिउँसो १ बजेर ५० मिनेटसम्म उनी कम्पनीमा आएको देखिन्छ । त्यसपछि सिसिटिभी अफ गरेर आफैले काम गर्ने मेसिन पछाडी कुनामा गएर आ’त्मह’त्या गरेका छन् । कार्यकाल सकेर सिबिटि पास गरेर पुन कोरिया आएका थिय भने दोस्रो कार्यकालको लागी उनले सिबिटी र पिबिटी दुवै पास गरेका थिए ।

घरमा एक छोरा र एक छोरी रहेको र उनि दोस्रो कार्यकालको लागी कोरिया आउँदा छोरी को न्वारन गरेको भोलिपल्टै घरबाट हिडेका थिए ।उनले सु’सा’इट नोटमा छोरालाई कोरियादेखि साईकल ल्याईदिन नसकेको र भर्खरै तोते बोली बोल्ने छोरीको बाबा शब्दले अनि बचाउन नसकेको लेखेका छन् । सु’सा’ईट नोटमा कम्पनीका सम्पूर्ण साथी, कोरियन साहु लगायत सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *