सोल-कोरोना संक्रमण न्युन भए सँगै दक्षिण कोरियाले संक्रमण प्रभावित परिवारलाई राहत वितरण सुरु गरेको छ ।
सरकारको आपतकालिन माहामारी कोशबाट संक्रमण पिडित करिव २८ लाख कोरियाली नागरिकलाई सोमबारबाट राहत वितरण सुरु गरेको छ ।
सरकारी अधिकारीका अनुसार राहत पाउनेहरुमा सरकारी सेवाबाट वञ्चित, पेन्सन नपाउने परिवार तथा अपाङ्गता सम्बन्धि सेवाबाट बञ्चिन परिवार रहेको सरकारी अधिकारीले जनाएका छन् ।
राहत पाउनेहरुले ८१२ अमेरिकी डलर अर्थात करिव १० लाख वनसम्म विना निवेदन प्राप्त गर्ने छन् ।
सरकारका अनुसार ४ जना भन्दा बढी सदस्य भएको परिवारलाई प्रति परिवार १० लाख वन दिने भएको छ । त्यसै गरि ३ जनाको परिवारलाई ८ लाख वन, २ जनाको परिवारलाई ६ लाख तथा एक जना मात्र भएमा ४ लाख वन आर्थिक राहातको योजना अघि सारेको छ ।
सो रकम सरकारले नागरिकहरुले पहिले प्रयोग गरिरहेको बैंक खातामै जम्मा गरिदिने भएको छ । यता नगदको प्रयोग नगर्नेहरुलाई डेविट अथवा क्रेडिटकार्ड मार्फत भुक्तानि गराइने छ ।
डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताले भने यही मे महिनाको ११ तारिख बाट १८ तारिख सम्ममा आवेदन दिनुपर्ने छ । सो कार्डमा जम्मा गरिएको रकम अगष्ट ३१ सम्ममा खर्च गरिसक्नु पर्ने पनि सरकारी अधिकारीले बताएका छन् ।हटपाटीबाट