दक्षिण कोरियाले जित्यो कोभिड१९लाइ , सामाजिक दुरी खुकुलो पार्ने देखि बिद्यालय खोल्ने सरकारको तयारि

कोरिया समाचार

दक्षिण कोरियामा कोभिड-१९ को प्रभाब बिस्तारै कम हुन् थालेको छ ।केहि साता देखि नया संक्रमितको संख्या १ देखि २ डिजिटमै सिमित भएपछी सरकारले सामाजिक दुरीलाई खुल्ला गर्नेदेखि लामो समयदेखि बन्द रहेका बिद्यालय खोल्ने तयारि गरेको छ ।गत फेब्रुरीमा थेगुमा रहेको एक चर्चको देखि माहामारीको रुप लिन थालेको कोभिड-१९ का कारण हाल दक्षिण कोरियामा ज्यान

गुमाउने संख्या २ सय ५० नाघेको छ भने १० हजार ८ भन्दा धेरै संक्रमित भैसकेका छन् ।त्यस्तै निको हुनेको संख्या ९ हजार नाघिसकेको छ ।करिब ३ महिना देखि अस्तब्यास्त जस्तै रहेको पठनपाठन तथा अन्य सामाजिक तथा संगठनात्मक कार्यहरु बिस्तारै सहज बनाउने तर्फ सरकार लागेको छ ।यसैबीच शिक्षा मन्त्रालयले

यहि मे १३ देखि बिस्तारै बिध्यालय खोल्ने बताएको छ ।कोभिड-१९ को प्रभावलाई हेर्दै माध्यमिक तहका बिद्यालयहरुलाइ प्रथम चरणमा मे १३ तारिख देखि सुचारु गरेपनि प्राथमिक तथा अन्य तहका पठनपाठन लाइ भने मे २० तारिख, २७ तथा जुन १ देखि क्रमिक रुपमा सुचारु गर्ने गर्ने तयारि रहेको शिक्षा मन्त्री यूइन-हि ले एक कार्यक्रममा बताए ।कोरोना भाइरसको प्रभाब क्रमसः घट्दै गएपछि सरकारले सामाजिक दुरी समेत खुकुलो पारेको छ ।

केहि महिना देखि बन्द रहेका बिभिन्न सामाजिक तथा संगठनात्म कार्यहरुपनी बिस्तारै सुचारु हुन थालेका छन् ।तथापि क्वारेन्टाइनको ब्याबस्थालाइ भने कडाइ गर्दै आइरहेको छ ।दक्षिण कोरियामा गत फेब्रुअरीमा महामारीको रुप लिएको कोभिड-१९, ३ माहिना महिनाको अन्तरालमै नियन्त्रणमा आएको छ ।कोभिड-१९को लडाइमा दक्षिण कोरियाले अपनाएको प्रबिधि विश्वकै उच्च रहेको रहेको भन्दै अन्तर्राष्ट्रिय जगतमा प्रशंसा हुदै आएको छ ।हेल्लो नेपाल कोरिया डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *