बेइजिङ्ग- चीनको एक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थिको फेस मास्क लगाएर दौडने क्रममा मृ’त्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार विद्यालयमा अध्ययनरत ती विद्यार्थिहरुको दौडने क्रममा मुटुको चाल बढ्न गइ मृ’त्यु भएको हो । स्थानीय शारीरिक शिक्षा विषय अन्तरगतको शिक्षण सिकाई क्रियाकलाप अन्तरगत दौडाउने क्रममा उनीहरुको मृ’त्यु भएको समाचारमा जनाइएको छ ।
ती बिद्यार्थीहरुको मृत्यु पश्चात स्थानीय प्रशासन अधिकारीहरुले यो शैक्षिक सत्रका लागि शारीरिक विषयका प्रयोगात्मक कक्षाहरु बन्द गर्ने निर्णय समेत गरेको छ । अधिकारीहरुका अनुसार घटना चीनको हेनान प्रान्तमा घटेका थिए । बेग्ला बेग्लै मितिमा घटेका ति घटना एकै प्रकृतिका भएको पनि अधिकारीले बताएका छन् ।
२४ र ३० अप्रिलमा घटेका दुबै घटनामा दौडने क्रममा उनीहरु लडेका र घटना स्थलमै ज्यान गुमाएको बताइएको छ । मृतक मध्ये एकका बुबाका अनुसार करिव २० ° सेल्सियस तापक्रम भएको दिनमा उनका बच्चालाई शारीरिक शिक्षाको प्रयोगात्मक कक्षामा दौडाइएको थियो । मास्क लगाएर दौडिए लगत्तै उनी जमिनमा लडेको र टाउको बजारिएको सिसिटिभि फुटेजमा देखिएको समेत उनले बताए ।