‘ उत्तर कोरियाली नेता किमले उपचार गरेकै छैनन् ‘ – दक्षिण कोरियाली जासुस

कोरिया समाचार

सोल – दक्षिण कोरियाली जासुसले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कुनै पनि उपचार नगराएको बताएको छ ।

उनीहरुले किमले पहिले जस्तै नियमित रुपमा राज्य सञ्चालन गरिरहेको पनि जनाएका छन् ।

दक्षिण कोरियाली जासुस नेशनल इन्टेलिजेन्स सर्भिस (निस) ले दक्षिण कोरियाका सांसदहरुसँग गरेको एक गोप्य बैठकका क्रममा अधिकारिले किम यो बर्ष करिव १७ पटक मात्र सार्वजनिक कार्यक्रममा उपस्थित भएको पनि बताएका छन् ।

किम सार्वजनिक कार्यक्रममा अनुपस्थित नहुनुको अर्को कारण कोरोना संक्रमणको महामारी भएको पनि उनीहरुले बताएका छन् ।

१५ अप्रिलमा आफ्ना हजुरबुबाको जन्म जयन्तीमा अनुपस्थित भएपछि किमका बारेमा अनेक शंका उपशंका गरिएका थिए ।

किममा गम्भिर स्वास्थ्य समस्या आएको र उनले मुटुको जटिल शल्यक्रिया गराएको समाचारहरु बाहिरिएका थिए ।

त्यसको ठीक १५ दिन अर्थात मे १ मा एक रसायनिक मल उत्पादन गर्ने प्लान्टको उद्घाटन समारोहमा एकाएक सार्वजनिक भए पछि सबै अन्तराष्ट्रिय सञ्चार माध्यमहरु जिल्ल परेका थिए ।

निसका अनुसार हाल उत्तर कोरियामा आर्थिक संकट चुलिदै गएको र किमले सो संकट समाधान गर्न आफ्नो ध्यान केन्द्रित गरेको पनि जनाएको छ ।

उत्तर कोरियाले आफ्नो आधिकारिक विदेशी मुद्रा सट्टा पट्टाका लागि युरो चलाउदै आएकोमा हालको आर्थिक संकटका कारण अमेरिकी डलर पनि सञ्चालन गर्न थालेको पनि निसले जनाएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published.