प्रसङ्ग कोरिया :आ’त्मह’त्या होइन , परिस्थित लाई मन:स्थितिले सम्हालौ

बिचार/ब्लग

डि आर लामिछाने / कोरिया , बिहान उठेर एसो फेसबुक  खोल्दै थिए पोखराको एकजना  साथीको आ’त्मह’त्याले नीकै स्तब्ध बनायो।पारिवारिक सामाजिक आर्थिक वा अन्य हिसाबले राम्रै थियो ,किन एस्तो कठोर निर्णय लिनुपरेको होला ? मन मनमा प्रश्नै प्रश्न उब्जिए।तर ति सबै प्रश्नहरु अनुत्तरित थिए तर मनमनै सोचे हामी जसलाई जुन रुपमा

बाहिर देख्छौ त्यो वास्तविक हैन रहेछ ,हाम्रा कपडाहरुले हाम्रो शरीर मात्रै हैन हाम्रा बास्तबिकता हरु पनि छोपिरहेको हुदोरैछ ,बाहिर हास्ने हासो भित्रका पिडा हरु बाहिर गर्ने ठट्टा  भित्रका मौनताहरु ,बाहिर नाच्ने नाच भित्रका  निराशा  हरु मात्र त्यो पात्र लाई थाहा हुदोरैछ !हामी ले त केबल उसको हासो ,ठट्टा  र नाच बाट

उसको खुशीलाई मापन   गरिरहेका  हुनेरैछौ ,लाग्यो हाम्रा ति खुशी मापन  गर्ने सम्यन्त्र झुट रहेछन lहामी चम्केको जुन हेरेर सधैं सुन्दर मानिरहेका हुन्छौ  तर तेस्को वास्तविक रुप मरुभुमी हो भन्ने कुरा कहिलै ख्याल गर्दैनौ !हामी महलमा बस्नेहरुको खुशी बाहिरको अग्लो पर्खाल बाटै  मापन गरिरहेका हुन्छौ ,अनी झुपडिका दु:खहरु आकाश देखिने छाना  बाटै  मापन  गरिरहेका  हुन्छौ ,ति सबै मापन  झुटा हुन किनकी महल भित्रका दु:ख त्यो अग्लो पर्खाल बाहिर अाउनै पाउदैन ,तर झुपडिका  खुशीहरु छाना  बाटै  चियाउन सकिन्छ l

तेसैले बहिर देखिने आबरण का कुराहरु बाट कदापी भित्री वास्तविकताको मापन   हुन सक्दोरैनछ !  फेरी मन मनै सोचे आखिर आ’त्मह’त्या नै चाँही किन गर्नु परेको होला  त ?? उसका अरु तमाम बिकल्प हरु थिएनन होला  र ? पक्कै पनि थिए तर ति बिकल्पहरु बारे  सोच्न सक्ने अवस्था बाट उ धेरै टाढा  भैसकेको रैछ ,यानकि उ डि’प्रे’सन को सिकार भैसकेको  रैछ lजुन  अवस्थामा दिमाग ले अरु बिकल्पहरु भन्दा आ’त्मह’त्या को बिकल्प उपयुक्त ठम्याउछ l  एक मनले सोचे  फेरी तेती निराशाजनक मान्छे पनि हैन जस्तो लाग्थ्यो  ,तर यो मेरो मापन पनि झुटा  साबित भैदियो l अर्को मनले  सान्त्वना  दिदैथ्यो हामी जब बेलाबेलामा परिवर्तन भैरहने परिस्थिती लाई आफ्नो बलियो मनस्थिले सम्हाल्न सक्दैनौ तब निराशा  र दु:ख ले मान्छेलाई बर्बाद बनाउछ !

सुख दु:ख मिलन ,बिछोड यिनिहरु चक्र जस्तै घुमिरह्न्छन र स्थायि हुँदैनन भन्ने कुराको   सधैं हेक्का  राखेर काम गर्न थालेउ भने पक्कै पनि मन सकारात्मक  बाटोमा हुन्छ, जसले सबै कुरालाई सही दिशा मा गाइड्  गरिरहेको हुन्छ ! एउटा  ढुङ्गा बाट सुन्दर मुर्ती बन्न सक्छ जबकी मुर्तिकार ले त्यो ढुङ्गा बाट अनाबस्यक र नमिलेका पार्ट्स हरु हटाएको हुन्छ तेसै गरी हामी भित्रका सबै बिकार सोच हरु पनि त्यसरी नै, हटाउन सक्नुपर्छ ! हरेक चिज लाई सकारात्मक रुपले हेरौ अनी मात्र हामीभित्रका निराशा हरु हट्दै जान्छन lहाम्रो वरिपरि  देख्ने झार भित्र पनि बहुमुल्य जडिबुटी हुनसक्छ बस चिन्न सक्नु पर्‍यो हामीले एक्ला एक्लै देख्ने खोलाका दुई किनारा  हरु पनि पानी मुनिबाट त जोडीएकै हुन्छन ,बस डुबुल्की मारेर हेर्न सक्नु पर्‍यो !

सधैं नकारात्मक पाटो  बाट हेर्न थालियो भने सबै चिज नराम्रो वा कुरुप लाग्छ जस्को फलस्वरुप मनमा निराशा पैदा हुन्छ निराशा  ले चिन्ता बढ्छ र चिन्ता बढ्दै गएपछी मान्छे डि’प्रे’सन  को सिकार  बन्न पुग्छ ! तेसैले सधैं सकारात्मक सोचौ जस्तोसुकै परिस्थिती लाई पनि सकारात्मक    मनस्थितिले सम्हालौ ! आफुलाई मन पर्ने पुस्तक वा भिडियो हरु हेर्ने ,कहिलेकाही  केही लेख्न प्रयास गर्ने ,आफन्त हरुसँग र मन मिल्ने साथीहरुसँग नियमित कुराकानी गर्ने आदी एस्ता  कृयाकलाप ले मनलाई स्थिर राख्न सहयोग गर्छ !

कोरिया मा प्राय आ’त्मह’त्या ,डि’प्रेसन को कारण   हुने गर्छन्  भन्ने गरिन्छ ! मलाई लाग्छ डि’प्रेसन भनेको बिकार  मनस्थितिले  निम्त्याइयेको  खतरनाक रोग हो ! एस्को मुख्य औषधी भनेको नै सकरात्मक्  सोच हो ! मलाई त केही भको छैन ठिकै छु भनेर भनिरहेका मध्य हामीभित्र पनि एसको समस्या हुन सक्छ । बेलैमा  सचेत रहौ ! अनाबस्यक  चिन्ता छोडौ हरेक परिस्थिती लाई सकारात्मक मनस्थितिले  सम्हाल्न  प्रयास गरौ !जिबन अत्यन्त सुन्दर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *