मनोज चापागाई/कोरिया,
,राष्ट्रकै गौरव धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा जनस्तरबाट निर्माण भैईरहेको [ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ] निर्माण अभियानलाई आर्थिक सहयोग पुर्याउने उदेश्यले दक्षिण कोरियामा सामाजिक गतिविधिमा सक्रिय सस्था यस फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समिति दक्षिण कोरियाको पहल सयोजनमा आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको थियो ।
र आज उक्त अभियान मार्फत उठेको सम्पुर्ण रकम पारदर्शी रूपमा सिताराम कट्टेल (धुर्मुस सुन्तली फाउन्डेसन) समक्ष प्रत्यक्ष हस्तान्तरण गर्न ज्यादै गौरवान्वित महसुस गरेका छौं ।यस सस्थाका पदाधिकारीहरु सल्लाहकारहरु का साथै सम्पुर्ण विशेष अभियन्ताहरु लगाएत यस अभियानमा उल्लेखनीय साथ सहयोग पुर्याउनुहुने
सम्पुर्ण कोरिया बासी आदरणीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हृदय देखि नै हार्दिक आभार नमन प्रकट गर्दछौं । साथै यहाँहरुको अमुल्य योगदानको उच्च सम्मान गर्दछौं । रास्ट्रप्रति यहाँहरुको योगदान सदा अमुल्य र उच्च रहनेछ।अभियानको क्रममा अलि लामो समय लागेको र अझ नेपालमा लक डाउनको बाताबरणले गर्दा सानोतिनो कार्यक्रम मार्फत नै सम्पुर्ण संकलित रकम प्रत्यक्ष हस्तान्तरण गरी अभियान समापन भएको घोषणा सबैमाझ जानकारी प्रबाह गराउन पाउँदा हर्षित छौं ।
आज यसै सस्थाका पुर्ब अध्यक्ष लेखनाथ पराजुली नेपालमै रहनुभएकोले उहादेखी नै सिङ्गो सस्थाको प्रतिनिधित्वगरी रङ्गशालामै पुगेर हस्तान्तरण गर्नुभएको छ। यस मीठो साथ र सहयोगको लागि उहालाइपनि मेरो ब्यक्तिगत एबम सस्थाको सिङ्गो तर्फदेखी हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।सदैब यहाँहरुको स्वच्छ साथ- सद्भाबको अपेक्षा राख्दछौं। धन्यवाद!