उत्तर कोरियाली नेता किमले फेरे जासुस र सुरक्षा प्रमुख

कोरिया समाचार

उत्तर कोरियाली शासक किम जोङ उनले त्यहाँका जासुस संगठनका प्रमुख तथा किम परिवारका सुरक्षा प्रमुख परिवर्तन गरेको छ । उनी सर्वोच्च नेता किमका सर्वोच्च गार्ड कमाण्डर समेत रहेको बताईन्छ ।दक्षिण कोरियाली एकता मन्त्रालयका अनुसार गत डिसेम्वरमा निवर्तमान कमाण्डर लेफ्टिनेन्ट जेनरल जाङ रिम क्वाङ इललाई स्थानीय रिकोनिसन्स ब्युरोको प्रमुख पदमा बढुवा गरे सँगै उक्त पदमा रिम क्वाङ इललाई ल्याइएको हो ।

दक्षिण कोरियाका बर्ष व्यक्तित्वहरुको घोषणा कार्यक्रममा मन्त्रालयले सो जानकारी दिएको हो । हालै नियुक्त भएका सुरक्षा तथा जासुस प्रमुख उत्तर कोरियाले गरेका मुख्य आक्रामणहरुका योजनाकार समेत रहेको पाइएको छ । समाचारका अनुसार जापान तथा अमेरिकामा गरिएका साइवर हमलाहरुमा पनि उनको अप्रत्यक्ष सम्बन्ध थियो ।

रिमलाई उत्तरको सत्तारुढ वर्कर्स पार्टीको तर्फबाट केन्द्रीय सैन्य आयोगको सदस्यमा समेत मनोनयन गरिएको समाचारमा जनाइएको छ । यता किमको व्यक्तिगत सुरक्षा अधिकारीको रुपमा भने क्वाक चाङ सिललाई नियुक्त गरिएको छ । सन् २०१० बाट अंगरक्षक रहेका रिनको बढुवा पश्चात गत अप्रिल महिनाबाट सिललाई सो जिम्मेवारि दिइएको समाचारमा जनाइएको छ ।

समाचारका अनुसार गत बर्ष मात्र उत्तर कोरियाका ८० प्रतिशत बढी पोलिटब्युरो सदस्यहरुलाई परिवर्तन गरिएको थियो । स्टेट अफेयर्स कमिसन किमको सबै भन्दा ठूलो निर्णायक संगठन हो । ११ सदस्यीय उक्त समितिका ९ जनालाई परिवर्तन गरिएको पनि समाचारमा जनाइएको छ । यति परिवर्तन भइरहदा किमकी बहिनी बारे भने कुनै सूचना सार्वजनिक गरिएको छैन ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *