दक्षिण कोरियामा १०४ बर्षिया बृद्वाले जितिन कोरोना भाइरसलाइ

कोरिया समाचार

किशन गौतम /सउल

दक्षिण कोरियामा १०४ बर्षिया बृद्वा कोरोना भाइरस बाट पूर्णरुपमा निको भै घर फर्किएकी छन् l छि साङ-बुन नाम गरेकी ति बृद्व महिलामा गत मार्च १० तारिख कोरोना भाइरस पोजेटिभ देखिएको थियो l

पोहान मेडिकल सेन्टरको सघन कक्षमा २ महिनाको उपचार पश्चात शुक्रबार उनि अस्पताल बाट डिस्चार्ज भएकी छन् l उनि कोरियामा कोरोना भाइरस निको हुने सबैभन्दा बढी उमेरकी हुन् l

उनलाई ख्यांगसानको एक नर्सीङ् होमले कोरोना भाइरस संक्रमण पुष्टि गरेको थियो l उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो l पटक पटकको जांचमा नेगेटिभ देखिएपछी उनलाई शुक्रबार डिस्चार्ज गरिएको अस्पतालले बताएको छ l हेल्लो नेपाल कोरिया डटकमबाट

सउल सव वे मा अनिवार्य फेश मास्क लगाउनुपर्ने !

गुरुदत्त न्यौपाने /सउल ,दक्षिण कोरियाको सउल महानगरपालीका ले मे १३ तारिखदेखी सउल सव वे मा यात्रा गर्ने सबै नागरिकलाई अनिवार्य रुपमा फेश मास्क लगाउनुपर्ने बाध्यात्मक नियम लागु गरेको छ।

सउल सहर सरकारका अनुसार सव वे मा यात्रा गर्ने यात्रुले यदी मास्कको प्रयोग नगरेमा उनीहरुलाई टिकट नदिने साथै यात्रा प्रतिबन्ध गर्ने बताएको छ।

ट्रेन भिडभाड भएको समयमा यदी कसैले मास्क प्रयोग नगरी यात्रा गरेको छ भने तुरुन्त उक्त व्याक्तीलाई स्टेशनमा भएको मास्क भेन्डीङ्ग मेशिन तथा कन्भेनियन्स स्टोर्स (फ्यनउईजम) मा मास्क किन्न अनुरोध गरिने बताएको छ।

दक्षिण कोरियाको क्लवीय क्षेत्र ईथेवनमा सामुहिक सङ्क्रमण देखिएसंगै सउल महानगरपालीकाले सव वे मा यात्रा गर्ने यात्रुहरुलाई अनिवार्य मास्क लगाउनुपर्ने बाध्यात्मक नियम लागु गरेको हो।

सो नियम सव वे मा अत्यधिक भिडभाड हुने समय विशेषगरी विहान ७ बजेदेखी ९ बजेसम्म र वेलुकी ६ बजेदेखी ८ बजेसम्म लागु हुने सरकारी अधिकारीहरुले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *