दु:खद खबर… कोरोना संक्रमणबाट नेपालमा पहिलो व्यक्तिको मृ’त्यु

मुख्य समाचार

नगेन्द्र अधिकारी,काभ्रे
उपचारको लागि धुलिखेल अस्पताल ल्याउदै गर्दा मृ’त्यु भएकी एक सुत्केरी महिलामा कोरोना संक्र’मण पुष्टी भएको छ । जेठ १ गते विहिबार साझ स्वासप्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रविसे–९ स्थित चालिसे गाउँकी २९ बर्षीय ती महिलाको मृ’त्यु भएको थियो ।

को’रोना संक्र’मणको आ’शंकामा गरिएको उनको आरडिटी र पिसिआर दुबै परिक्षणको नतिजा पोजेटिभ आएको थियो । कोरोना संक्रमणबाट मृ’त्यु भएको यो पहिलो घटना हो ।अस्पतालले शंका लागेर फेरी परिक्षण गरेको र टेकुस्थित प्रयोगशालाको परिक्षणमा पनि पिसिआरको नतिजा पोजिटिभ आएको हो ।

९ दिन अघि त्रिवी शिक्षण अस्पतालमा बच्चा जन्माएकी उनले डिस्चार्ज भएर २ दिन काठमाडौंस्थित आफन्तमा बसेकी थिइन् । त्यसपछि घर फर्केकी उनलाई विहिबार स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
रोग केही कम भएपछि घर फर्केकी उनलाई पुन ज्वरो र रुघाखोकी लागेपछि धुलिखेल अस्पताल लगिएको थियो । अस्पताल ल्याएलगत्तै राति नै उनको मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा उनको आरडिटी र पिसिआर परिक्षण गर्दा नतिजा पोजिटिभ आएको थियो ।

कोरोना संक्रमणको पुष्टी भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । विद्युतीय शवदाहबाट उनको अन्तिम संस्कार गरिने तयारी गरिएको प्रशासनले जनाएको छ ।रेडियो कान्तिपुर बाट साभार गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *