दक्षिण कोरिया-अमेरिकाले तत्काल सैन्य अभ्यास नगर्ने

कोरिया समाचार

सोल-दक्षिण कोरिया र अमेरिका बिच नियमित भइरहेको संयुक्त सैन्य अभ्यास कोरोना संक्रमण पश्चात बन्द गरिएको छ ।

सोहि बिषयमा अमेरिकाले हाल अमेरिकामा कोरोना संक्रमण उच्च गतिमा फ‌ैलिरहेको जनाउदै तत्काल संयुक्त सैन्य अभ्यास सम्भव नभएको जनाएको छ ।

मार्च महिनाका लागि तय गरिएको संयुक्त सैन्य अभ्यास कोरोना संक्रमणकै कारण स्थगित गरिएको छ । दक्षिण कोरियामा रहेको अमेरिकी सेनाले पनि हाल कोरोना संक्रमणकै कारण ब्यारेक बाहिरका सम्पुर्ण गतिविधिहरु बन्द गरेको छ ।

पेन्टागन प्रवक्ता जोनाथ्थन हफम्यानका अनुसार हाल अमेरिकाले कोरोना संक्रमणका कारण आफूले सो सम्बन्धी कुनै पनि तयारी गर्न नपाएको जनाएको छ ।

यही मितिमा गर्ने भनेर यकिन भन्ने स्थिति हाल नरहे तापनि अमेरिका तथा कोरियाली सैनिक अधिकारीहरु विच निरन्तर वार्ता तथा सो विषयमा सम्बादहरु भइरहेका तथा परिस्थिति अनुकुल बन्न साथ सो कार्य अगाडी बढ्ने उनले बताएका छन् ।

हफम्यानलाई उत्तर कोरियामा कोरोना संक्रमण बारे सोधिएको प्रश्नमा शुन्य संक्रमण हुनु असामान्य भएको र यदि त्यो सत्य भएमा उत्तर कोरिया बसोवासका लागि उपयुक्त देश भएको समेत बताएका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *