जापानको ओसाकामा कोरोना सङ्क्रमण जिरो !

अन्तराष्ट्रिय खबर

टोकियो- जापानको ओसाका प्रान्तमा करिव दुई महिना भन्दा बढी समय पश्चात कोरोनाका नयाँ संक्रमित शुन्य भएका छन् । आइतवार एक जना पनि संक्रमित नभेटिएको प्रान्त सरकारका अधिकारीले बताएका छन् ।

ओसाका जापान सरकारले आपतकाल लगाएका ८ राज्यहरु मध्ये एक हो । त्यहाँ सरकारले कोरोना संक्रमणकै कारण व्यापार व्यावसायमा आंशिक रुपमा प्रतिवन्ध समेत लगाएको छ ।

शनिवार बसेको सरकारी बैठकले व्यवसाय सञ्चालनमा केही सहजता भने ल्याउने जनाएको छ ।सरकारले निश्चित मापदण्ड पुर्याएर सिनेमा घर, रेष्टुरेन्ट आदी क्षेत्रलाई रातको ८ बजे बाट बढाएर १० बजे सम्म सञ्चालन गर्ने अनुमति समेत दिएको छ ।

जापान सरकारले आफ्ना ४७ मध्ये ३९ राज्यहरुमा आपतकाल घोषणा गरेको छ । संक्रमण दर न्युन भए सँगै सरकारले व्यापार व्यवसायहरुलाई आंशिक रुपमा सञ्चालनमा ल्याई आर्थिक गतिविधि सुरु गर्ने तयारी समेत गरेको छ ।

यता राजधानी टोकियोमा भने संक्रमण हुने क्रम जारी नै रहेका कारण आपतकाल मे महिनाको ३१ तारिखसम्म जारी नै रहने सरकारी अधिकारीहरुले जनाएका छन् । यो अवधिमा सरकारले नागरिकहरुलाई भौतिक दुरी कायम राख्न तथा घरमै बस्न समेत सरकारले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *