काठमाडौँ
संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमका अनुसार कोरोना संक्रमण सुरु भए पश्चात उत्तर कोरिया सहित विश्वका ४७ देशमा खाद्य संकट उत्पन्न भएको छ ।
ती देशका करिव १८३ मिलियन अर्थात करिव १८ करोड ३० लाख बढी मानिसहरुमा खाद्यान्न संकट पाइएको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।
खाद्य तथा कृषि कार्यक्रम अनुसार कोरोना संक्रमणका कारण आइपरेको खाद्य संकट समाधानका लागि करिव ३५० मिलियन अमेरिकी डलर बराबरको रकम विनियोजन गर्नुपर्ने छ । यदि समयमा नै उक्त बजेट सम्बन्धित क्षेत्रमा प्रभावकारि रुपमा प्रयोग नगरिएमा अवस्था विकराल हुने पनि विज्ञहरुले जनाएका छन् ।
उत्तर कोरियामा पनि चरम खाद्य संकट भएको राष्ट्र संघिय तथ्याङ्कले देखाएको छ । कति मानिसमा संकट छ भन्ने बारे नखुलाइए पनि संकट रहेको राष्ट्रसंघीय खाद्य कार्यक्रमले जनाएको छ ।
विज्ञहरुका अनुसार करिव २ करोड ५० लाख जनसंख्या भएको उत्तर कोरियामा १ करोड मानिसमा तत्काल खाद्य सामाग्री आवश्यक छ ।
उत्तर कोरियामा रसायनिक मल लगायतका कृषि प्रविधिको प्रयोग खासै नगरिएका कारण पनि त्यहाँ खाद्य संकट सृजना भएको समाचारमा जनाइएको छ ।हटपाटीबाट