हरिराम भण्डारी/सउल,बर्षा लायो,झ्याॅउकिरी करायो,तिम्रो हाम्रो भेट कता हरायो भन्ने गित कानमा गुन्जीरहेको छ।बर्षा लागेर कोरियामा एतिखेर धान रोप्नको कराकर छ।खेतका गराहरुमा पानी ढडाईएको छ।बिउ कंपनिहरुलाई खेतमा बिउका प्याकेट सप्लाई गर्नको भ्याई नभ्याई छ।चॉडै हिउँ पर्नुभन्दा अगाडि नै धान थन्काई सक्नु पर्ने छ।नेपालको भन्दा एक महिना अगाडिनै असारको मेलो शुरु भएको छ।
मेशिनबाट धान रोप्नि भएकोले बाटो र मेशिन तयारी अवस्थामा रहेका छन।नेपालको असार जस्तै रमाईलो त कॉहा हुनु र?तै पनि कोरियाको वातावरण असारमय भएको छ।न हली दाई स्याखुमा हल्लुँडो झुण्डाउँदै हिडेका देखिन्छन।न खेतालीले पटुका कसेर फरिया माथि सारेका छन।न बाउसेले कोदाली बोकेका देखिन्छन।
यॉहाको रोपॉई त मेशिनको भरमा एउटै हलिले केहि घन्टामै सय मुरी धान आउनी खेत रोपेर सकिदिन्छ।कोरीयामा धान रोप्ने काम अन्तिम चरणमा पुगेको छ।हामिलाइ नौला लाग्ने कुराहरूको जानाकारी दिन मन लायो। तल्लो गराको पानी खोलेर उपल्लो गरो खेत रोप्ने प्रविधि देखेर गज्जव लायो।कुला माथि खेत भएर के भो तनि? मलाई रुचि लागेर एउटा नेपालकै टारीखेत जस्तो थामयाङगुनको कुमसङ खोला नजिकैको खेतमा छिसुजी सॅग गॅए।
धान रोप्नी मेसिन,खाना प्याकेट लगेर सिरानको गरामा लगेर राख्यो।मैले पानी खै तनि?भनेर सोधे।उस्ले हैस आईगो!भनेर खोला देखायो।पानी माथीबाट तल मात्रै ॲाउछ भन्नी देखे सुनेको मलाई आठौं आश्चर्य लागिरहेको थियो।उ तल गएर बिजुलीको पोईन्ट खोलेर पाईप फिट गरेर सानो मोटर चलायो ।सिरानको गरामा ठाडि मुल फुटे जसरी भुतुतुत्त पानी आयो।
म दङ खाॅए।ईत्लामा एउटा हातले गालामा हात राखेर टाउको धान्न पर्नी गरेर सोचमग्न भॅए।मेरो दिमागमा खोला ,खोचका मुल ,कुलामाथिका दुईचारहात माथिका खेतका भलछोपुवा किसानका पिडा ॲगालो हाल्न आईपुगे।ऋषि अधिकारीको गित कुलामाथि खेत,धान फल्छ फल्दैन भोकै रह्यो पेट संझिन पुगे।एकोहोरो टोलाएछु।छिसुले एउटा गरो रोपि सकेछ।म झसंग भए।म अव एति गहिराईमा नपुग्नी गरी ब्यॅुझिए।
बिउ प्याकेटमा उमारेको १२ दिनमा तयार हँदोरहेछर २२दिन भित्र रोपिसक्नु पर्ने रहेछ।एउटै मानिसले मेसिनबाट एकै छिनमा रोपिने रोप्न भन्दा करीब ३ देखि ७दिन अगाडी तयार गरेर राख्ने(बासी) राखिने रहेछ।५वटा तान्द्रा विउ एकै ठाँउमा रोप्ने। अाली नलाउने समाहा सँधै एउटै राख्ने झारपात भएमा झारपात मर्र्ने धानलाइ मल हुने दबाइ छर्र्ने गरेको देखियो।हिलोमा जाँदा साप्रो सम्म आउनी रवरका जुत्ता लगाईने रहेछ।छेउ कुना नखन्ने तर हिलो माटोले पुर्र्ने,केहि मिलाउनु पर्र्यो भने बेल्चाले खन्ने गरिदो रहेछ। मल पनि मेशिनले छर्र्ने गरेको देखियो।
खेतका गरा जग्गा अनसार जत्रो बनाउन सकिन्छ बनाएका छन भने बाटो बिजुली र सिँचाइको लागि खेतमा बिशेष व्यवस्था हुनै पर्र्छ यि खेत हुनका लागि पुर्र्वाधार नै हुन।नेपालमा दलालहरूले घडेरी बेच्नलाइ गरेको प्लटिङ जस्तै हुनुपर्र्दो रहेछ खेत। हाम्रो कुन पुस्ताले बनाएका खेत हुन अर्र्को पुस्ताले बरू अंशबन्डा गरेर सानो बनाएका छन यसलाइ उत्पादनसिल बनाउने तिर पटक्कै ध्यान छैन अनि कसरी हुन्छ दिगो बिकास?ऑगेटारीमा पानी कम भयो र धान भएन ।सातधारेमा पानी धेरै पानि भएर धान लडेर सखाप भयो ।ठुलाचौरमा टाढा भर रेखदेख पुएन ।सेरचौरको ढिलो पाक्यो र असिनाले खायो।दुख साउन सॅग भयो ।खाॅदा फाउन पनि पुगेन। एकै ठाँउमा भको जग्गा मात्रै हुनि हो भने मात्र पनि नेपाली किसानको अवस्थामा धेरै परिवर्तन ऑउने थियो।
कृषिलाई प्रविधि सँग जोडनु नै कोरियाको चमत्कार हो।दुख:कम लागत कम गरेर उत्पादन बढि बनाउने त्यसको लागि जमिन उपयुक्त बनाउने पहिलो शर्त हुन ऑउदो रहेछ।दुख:धेरै गरेर आम्दानीको हिसावै नगरी किसानको ढाड खुस्केको छ।गरिबिले अंगालेको छ ।माहकसम!सिचाई निरन्तर हुन्छ भने छेउ कुना नखने नि हुँदो रच।जेठऑ पोहोरको लाएको आली फालेर असारॉ नँए लाउनु फोकटको दुख:रहेछ।यसले धान उत्पादनमा कति फरक पारेको छ?हिसाव छ?अँह छैन।
जसोजसो बाउबाजेले गरिचन उसै उसो स्वाहको अवस्था छ।बाटे गरोमा आली लगाईदैन तरपनि अरु गराको भन्दा कम धान उत्पादन त हुदैन त।किन बाटेगराले सिकाएको ज्ञान हामिलाई नघुसेको होला?मासभट्टकोलाई आली लाउनु जरुरी नै रहिन्छ।बॉझो ऑठोमा लगाउनुस जरा खेतमा आएर गराको मलिलो माटो भेट्टाएसि त्यसै हुँदा रचन।कोरियामा त्यसै अरेको देखियो।कोरियामा किसान हुन नेपॉलॉ जति सजिलो कॉहा रच र हजुर?अरुका खेतमा भन्दा कम हुनु भनेको त्यो किसानको बेईज्जत हुनु हो।सिफारिस मात्रामा मल बिउ नहालेर सुखै छैन।
एति जमिनमा एति धान फल्छ भनेर लेखेअनुसार धान फलाउनु पर्छ।नेपालमा रहेका कृषि बिज्ञ र कोरियामा धानको बिउ कंपनि र धान उत्पादनमा कार्यरत नेपालीदाजुभाई दीदीबहिनीहरुलाई अझ बढि जानाकारी छ।मेरा नॉगो ऑखाले देखेका कुरालाई शव्दमा उतारेंको मात्र हो।भलछोपुवा खेतमा त कोरियाको जस्तै संभव नहोला तर बेशि खेत तराई र पाहाडमा खोँचहरुमा हु बहु कोरियाको प्रविधि लागु गर्न सकिन्छ।पुरै सिको गर्न संभव नभए कम्तिमा अहिले भएको अभ्यासलाई त परिमार्जन गरौ।भविष्य हाम्रो हातमा छ।जय कृषि जय किसान।