सोल–
एक पटक कोरोना संक्रमणबाट मुक्त भइसकेकाहरुले अरुमा संक्रमण सार्न सक्ने सम्भावना नरहेको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्र (केसिडिसि) ले कोरोना संक्रमणबाट मुक्त भइसके पश्चात १४ दिन आइसोलेशनमा बस्न नपर्ने बताएको कोरियाली सञ्चार माध्यम द कोरियन हेराल्डले जनाएको छ ।
७९० कोरोना संक्रमणबाट मुक्त भएका मानिसहरुमा गरिएको अध्ययनबाट केन्द्र सो निश्कर्षमा पुगेको केन्द्रका निर्देशक जङ ईयुन क्युनले बताएका छन् ।
उनीहरु २८५ जना संक्रमितहरुको सम्पर्कमा गएको तर संक्रमितहरुबाट उनीहरुमा संक्रमण नसरेको केन्द्रले जनाएको छ ।
संक्रमण मुक्त भइसकेकाहरुमा पनि पिसिआर प्रविधिबाट कसरि संक्रमण देखायो भन्ने बारेमा यकिन जानकारी पाउन नसकिएता पनि उनीहरुको कल्चर परिक्षणमा भने नतिजा पोजेटिभ नआएको पनि केन्द्रले सोही पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
केन्द्रले एक पटक संक्रमण मुक्त भइसकेका कोरोना संक्रमितहरुलाई पुन पिसिआर परिक्षण गर्न नपर्ने बताउदै सामान्य जिवनमा फर्कन समेत अनुरोध गरेको छ ।
कुल संक्रमण मुक्त विरामीहरु मध्ये ४.५ प्रतिशतमा पुन संक्रमण पाइएको र उनीहरुको कल्चर परिक्षणमा कुनै संक्रमणका जिवाणु नपाइएको पनि केन्द्रले स्पस्ट पारेको छ ।हटपाटीबाट