कोरोनाविरुद्धको खोपको परीक्षण सफल भयो

अन्तराष्ट्रिय खबर

काठमाडौं

एक अमेरिकी कम्पनीले कोरोना भाइरस (कोभिड–१९) को खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ ।

अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सबैभन्दा पहिला परीक्षण गरिएका आठ जना मानिसमा कोरोना भाइरसलाई मार्न सक्ने एन्टिबडी विकास भएको पाइएको बताएको छ ।

कम्पनीले अनुसन्धानमा सहभागी मानिसमा प्रतिरक्षा प्रतिक्रिया वास्तविकरुपमा कोभिड–१९ बाट संक्रमित मानिस बराबर पाइएको थियो ।वास्तवमा नै यो खोप कोरोना भाइरसको संक्रमण रोक्न फलदायी हुने वा नहुने भन्ने सुनिश्चित गर्न आगामी जुलाई महिनामा यसको परीक्षण शुरु हुने अपेक्षा छ ।

अहिले विश्वभर कोरोना भाइरसको खोप निर्माणको काम अभूतपूर्व गतिमा भइरहेको छ ।अहिले विश्वभरका ८० समुह कोरोना भाइरसको खोप निर्माणको लागि काम गरिरहेका छन् ।

खोप तयार भएपछि अधिकांश मानिसको प्रतिरक्षा प्रणालीलाई कोेरोना भाइरससँग लड्न सक्ने बनाउन सकिने अपेक्षा छ । जसको कारण कोरोना भाइरसको कारण मानिस बिरामी पर्दैैनन् । साथै लकडाउनलाई पनि सुरक्षितरुपमा हटाउन सकिन्छ । अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *