काठमाडाैं–
नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृ’त्यु भएको छ।
कोरोना संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको ज्यान गएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या तीन पुगेको छ ।
मृतक पुरुष गुल्मी मदाने–६ पुर्कोटदहको निमाविका प्रधानाध्यापक हुन् । क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो ।
गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका थिए । त्यहाँ उनलाई म्यालपोखरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी विष्णु भुसालले टाइफाइडको औषधि दिएका थिए । औषधि खाएपछि उनलाई दुई दिन जति सञ्चो पनि भएको थियो ।
उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । शुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए ।