सोल
सामाजिक सञ्जाल फेसबुक मार्फत बनेको इपिएस न्युज एण्ड कोरिया न्युज कोरियन भाषा, इपिएस सम्वन्धी नियमहरु, तथा कोरियाको बारेमा जानकारी दिन बनाइएको ग्रुप हो ।
११ हजार ५ सय भन्दा बढि सदस्य रहेको यस गु्रपमा कोरियन भाषा, इपिएस सम्वन्धी बनेका नयाँ नियमहरु, र कोरियाको बारेमा जानकारी दिने गरिएको छ ।
ग्रुपमा अनावश्यक पोष्टलाई अटोमेटिक डिलिट र अनावश्यक पोष्ट गर्नेलाई गू्रपबाट निष्कान गरिने हुदा यस ग्रुपमा आफुलाई आवश्यक सामग्रीहरु मात्र हेर्न पाइन्छ ।
गु्रपमा रहेका सदस्यहरुले कोरियाको बारेमा यस ग्रुपबाट आफूहरुले राम्रो सुचना पाईरहेको जानकारी गराएका छन् ।
छोटो समयमा नै यस गू्रपमा धेरै भन्दा धेरै साथीहरु आबद्ध भई विभिन्न जानकारी र सुझावहरु दिने सम्पुर्ण सदस्यहरुलाई गु्रप कमिटिले धन्यवाद ब्यक्त गरेको छ ।