कोरियाले क्वारेन्टाईनमा ट्र्याकीङ गर्न हाते व्याण्ड निर्यात गर्न शुरु गर्यो

कोरिया समाचार

सोल

दक्षिण कोरियाले होम क्वारेन्टाइनको सुविधा लिने तर नियम पालना नगरि यता उता हिडडुल गर्ने मानिसहरु बारे जानकारी लिन सकिने हाते ब्याण्डको अन्तराष्ट्रिय रुपमा नै निर्यात सुरु गरेको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न प्रभावकारी मानिएको सो व्याण्डको बुधवारबाट निर्यात सुरु गरिएको हो । साउदी अरवबाट आएको माग अनुरुप कोरियाले १ लाख थान हाते व्याण्ड निर्यात गरेको हो ।

करिव ७ लाख ९८ हजार अमेरिकी डलर बराबरको सो व्याण्ड पहिलो चरणमा ५० हजार थान पठाइएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

हाल दक्षिण कोरियामा ५० जनाको हाराहारी ले सो ब्याण्ड प्रयोग गरिरहेका छन् । सुरुमा व्यक्तिको गोपनियताको बिषयमा बहस चलेको थियो । सरकारले या त सरकारी क्वारेन्टाइनमा बस्ने या त ब्याण्ड लगाउने विकल्प सार्वजनिक गरेको थियो ।

करिव आधा करोड मानिस संक्रमित भइसकेको वर्तमान स्थितिमा दक्षिण कोरियाले निर्यात गरेको उक्त ब्याण्ड संक्रमण रोक्न केही हद सम्म सहयोगी हुने विज्ञहरु बताउदछन् । सरकारी अधिकारीहरुका अनुसार यो निर्यातले दक्षिण कोरियाको अन्तराष्ट्रिय जगतसँगको सम्बन्धमा समेत सुमधुरता ल्याउन सघाउने छ ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *